काठमाडौँ– विधि प्रक्रिया पूरा गरे सिजी टेलिकम्युनिकेशन कम्पनीले मुलुकभर दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमति पाउने सरकारले स्पष्ट पारेको छ । सञ्चार तथ सूचना प्रविधिमन्त्री बाँस्कोटाले सो कम्पनीले ग्रामीण भेकमा दूरसञ्चार सेवा प्रवाह गर्न अनुमति लिएको उल्लेख गर्दै मुलुकभर सेवा विस्तार गर्न विधि प्रक्रिया पु¥याएर आवेदन दिए अनुमति दिइने प्रष्ट परेका छन् ।
“मुलुकभर सेवा प्रवाह गर्ने र ग्रामीण भेगमा सेवा दिने इजाजत लिने अलगअलग प्रक्रिया छ”, उनले भने, “सिजीले ग्रामीण क्षेत्रमा सेवा दिन अनुमति लिएको छ, ‘युनिफाइड’ अनुमति नलिई सेवा विस्तार गर्न मिल्दैन ।”
मुलुकभर सेवा प्रवाह गर्न रु २० अर्ब इजाजत शुल्क बुझाउनुपर्ने उल्लेख गर्दै उनले तोकिएको शुल्क तिरेर विधि प्रक्रिया पूरा गरी आए सिजीलाई अनुमति दिइने बताएका छन् । “सेवा विस्तार गर्न अनुमति नलिएको विषयमा बहस गर्नुको अर्थ छैन”, उहाँले भन्नुभयो, “तोकिएको शुल्क बुझाएर आए स्वीकृति दिइन्छ ।”
ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा सञ्चालन गर्ने कम्पनीले रु २५ लाख इजाजत शुल्क तिर्ने विद्यमान व्यवस्था छ । सिजीले पूर्वाञ्चलका विभिन्न तत्कालीन ५१४ गाविसमा सेवा सञ्चालन गर्न अनुमति लिएको छ । सिजीलाई ‘युनिफाइड’ अनुमति दिने सम्बन्धमा सरकार पूर्वाग्रही नरहेको स्पष्ट पार्दै उहाँले आर्थिक र प्राविधिक प्रक्रिया पूरा गरी आएमा अनुमति पाउने बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस