काठमाडौँ– पुष्पलाल (मध्यपहाडी) राजमार्गमा ७३ पुल निर्माण भएको छ । आयोजनाको शुरु विन्दु पाँचथर जिल्लाको चियोभन्ज्याङदेखि अन्तिम विन्दु बैतडीको झुलाघाटसम्म १२६ पुल निर्माण गरिनेमा हालसम्म ७३ सम्पन्न भइसकेको हो ।
मध्यपहाडका २६ जिल्लाका २१५ बस्ती जोड्दै निर्माण हुने यस सडकबाट मध्यपहाडका करीब एक करोड जनता लाभान्वित हुने आयोजनाको अनुमान छ । सो सडकमा १९ पुल निर्माणाधीन रहेको सडक विभाग पुल महाशाखाले जनाएको छ । हालसम्म ३७ पुल निर्माणका लागि ठेक्का सम्झौता हुन बाँकी रहेको महाशाखाका प्रमुख दीपक भट्टराईले बताएका छन् । निर्माणका लागि ठेक्का सम्झौता पुलमध्ये चारवटामा समस्या भएकाले ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको उनको भनाइ थियो ।
उनके भने, “तीनवटा पुलको ठेक्का तोड्न सूचना जारी भइसकेको छ, अर्काे एउटा सूचना गर्ने तयारी छ ।” यो राजमार्ग सरकारले आव २०६९÷७० मा राष्ट्रिय गौरवको आयोजना घोषणा गरी प्राथकिताका साथ अघि बढाएको हो । आव २०६४÷६५ बाट निर्माण शुरु गरिएको मध्यपहाडी लोकमार्ग २०७८÷७९ मा सम्पन्न गर्ने लक्ष्य छ । राजमार्र्गको कूल लम्बाइमध्ये करीब एक हजार किमी आयोजना स्थापना हुनुअघि नै निर्माण भएर सञ्चालनमा रहेको पुरानो सडक हो । झण्डै ८७९ किमी नयाँ ट्र्याक खोली सडक निर्माण गर्ने कार्य साथै आयोजना स्थापना हुनुअघि निर्माण भएर सञ्चालनमा रहेका सडकलाई मध्यपहाडी राजमार्गको स्तरमा स्तरोन्नतिको काम भइरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस