काठमाडौं-राष्ट्रिय योजना आयोगले पुराना तथा नयाँ आयोजना राष्ट्रिय आयोजना बैंकमा दर्ता गरेर कार्यान्वयनमा लैजान मन्त्रालयहरुलाई निर्देशन दिएको छ ।
आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ४७ औं बैठकपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कंडेलले कुनै पनि आयोजना राष्ट्रिय आयोजना बैंकमा दर्ता गरेर मात्र कार्यान्वयन गर्न निर्देशन दिएका हुन् |
कंडेलले कुनै पनि योजना बजेट किताबमा राख्न पाए उपलब्धी ठान्ने प्रवृतिको अन्य गर्न आयोजना बैंक स्थापना गरिएको समेत बताए । उनले आयोजना बैंक पूर्णरुपमा सञ्चालनमा आएपछि तयारी अवस्थामा भएका परियोजना मात्रै बजेटमा स्थान पाउने र कार्यान्वयनमा जाने बताए ।
राष्ट्रिय योजना आयोगले राष्ट्रिय आयोजना बैंकको अवधारणापत्र र मार्गदर्शन तयार भइसकेको जनाएको छ । त्यस्तै राष्ट्रिय आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीको प्रारम्भिक सफ्टवेरको विकास गरी विवरण प्रविष्टि भइरहेको बताए ।
त्यस्तै उपाध्यक्ष कडेलले तयारी बिना राष्ट्रिय गौरवका आयोजना घोषणा गरिएकाले आयोजनाहरु कार्यान्वयनमा लैजान समस्या भएको बताए । उनले एमसीसी परियोजना, बुढीगण्डकी जलविद्युत, पश्चिम सेति, निजगढ विमानस्थल, पशुपति क्षेत्र विकास समिति लगायतका परियोजनाहरु कार्यान्वयन हुन नसक्नुको कारण योजना बिना नै घोषणा गरिनु रहेको उनले बताए ।
बैठकमा सबै मन्त्रालयका मन्त्री तथा प्रदेश प्रमुखहरुले अन्तर मन्त्रालयबीच राम्रोसँग समन्वय नहुँदा बजेट खर्च कम भएको र संघीय सरकारले उच्च पदस्थ कर्मचारीहरुको सरुवा गर्ने प्रवृतिका कारण अपेक्षित काम हुन नसकेको गुनासो गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस