पाल्पा-रामपुर नगरपालिकालाई आलुबाट आत्मनिर्भर बनाउन समूहमार्फत लगाइएको आलुखेतीले पर्यटक लोभ्याएको छ। एक वडा एक उत्पादन कार्यक्रममार्फत वडा नं-६ लाई आलु पकेट क्षेत्रका रुपमा छुट्टाएर आलुखेतीमा जोड दिइएको छ।
यहाँ समूहमार्फत लगाइएको आलुखेती अहिले आन्तरिक पर्यटकको रोजाई बनेको छ। अहिले रामपुर आउने आन्तरिक पर्यटक आलुखेती अवलोकन गरेर मात्र फर्कने गरेका छन्। यहाँको आलुखेतीले चर्चा पाउन थालेपछि स्याङ्जा, तनहुँ, नवलपुरलगायतका विभिन्न स्थानबाट आलु हेर्न आउने आन्तरिक पर्यटकको चहलपहल रहेको नदी किनारा आयआर्जन कृषक समूहका सचिव सीता देवकोटाले बताईन।
“दिनहुँ विभिन्न सङ्घसंस्था, समूह, व्यक्ति आलु अवलोकन गर्न आइरहनुभएको छ, आलु खेतमा पर्यटकको चहलपहल छ, समूहका १/२ जना सदस्यहरु खेतमै बसेर पर्यटकलाई आलुखेतीबारे जानकारी गराइरहेका छौँ” देवकोटाले भनिन्।
नदी किनारा आयआर्जन महिला कृषक समूहले यसवर्ष नौ रोपनीमा पाँच क्विण्टल आलु लगाएको छ। गतवर्ष सात रोपनीमा लगाएको आलुले राम्रो उत्पादन भएपछि यो वर्ष व्यवसाय बढाएको अध्यक्ष भगवती देवकोटा बताउछन्।
वडा कार्यालयको बीउ अनुदान र विजयपुर कृषि सहकारीको समन्वयमा यहाँका कृषकले आलु लगाएका हुन्। आलु लगाउने प्रविधिसम्बन्धी खेतमै प्राविधिक सुविधा पाएपछि आलु फस्टाउँदै गएको छ। कृषकलाई खेतबारीमै पुगेर आलु लगाउने, गोडमेल, मलबीउको प्रयोग सिँचाइ गर्ने तरिकाबारे जानकारी दिने गरेको कृषि शाखा कार्यालय रामपुरका प्रमुख रामहरि पाण्डेयले बताए।
वडा कार्यालयले यसवर्ष आलु महोत्सव गर्न आलुखेतीलाई प्रवर्दन गर्दै कृषकको मागको आधारमा १५० रोपनी क्षेत्रफलमा करिब ६० क्वीण्टल आलुको बीउ अनुदानमा वितरण गरेको वडाध्यक्ष न्यौपानेले बताए। कृषकले उत्पादन गरेका आलुले बजार नपाएमा शीत भण्डारमा राख्ने व्यवस्था वडा कार्यालयले नै गर्ने अध्यक्ष न्यौपानेको भनाइ छ।
रामपुरमा समूहमा लगाइएको आलुले पर्यटक तानिरहेको र कृषकको आलुखेतीमा उत्साह बढ्दै गएको विजयपुर कृषि सहकारी संस्थाका अध्यक्ष सूर्यप्रसाद रेग्मी बताउछन्। यसवर्ष वडा कार्यालयको सहयोगमा १० समूह र ६८ जना कृषकले आलुखेती गरेका छन्। उन्नत जातको बीउ, प्राविधिक सेवा राम्रो पाएपछि सोचेभन्दा आलु राम्रो हुँदै गएको कँडेलबारी कृषक समूहका अध्यक्ष सीता भण्डारीले बताईन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस