कञ्चनपुर-सुदूरपश्चिम प्रदेशमा रहेका कृषि प्राविधिकहरुले तीन वटै तहका सरकारसित समन्वय गरेर कृषि क्षेत्रको विकास अग्रसर रहनेमा जोड दिएका छन।
कञ्चनपुरको बेदकोटस्थित कृषि तालिम केन्द्र सुन्दरपुरमा शनिबार नेपाल कृषि प्राविधिक एशोसियसन (नाटा) सुदूरपश्चिम प्रदेश कमिटिले आयोजना गरेको भेलामा सहभागी कृषि प्राविधिकहरुले स्थानीय, प्रदेश र संघीय सरकारसितको समन्वयकारी भूमिकामा रहेर कृषि क्षेत्रको विकासमा अग्रसर हुने निर्णय गरेका हुन।
भेलाले ‘एक गाउँ, एक प्राविधिक’को समुचित व्यवस्थापन तथा निरन्तरता दिने निर्णय गरिएको नाटा सुदूरपश्चिम प्रदेश कमिटिका सह-सचिब जनकबहादुर सिंहले जानकारी दिए। “कृषि विकास कार्यक्रम सञ्चालन तथा अनुदान वितरणमुखी नभई उत्पादनमुखी हुनुपर्नेमा समेत कृषि प्राविधिकहरुको एकमत छl “कृषि क्षेत्रको बजेटमा गरिएको उपेक्षा हटाउन १५ प्रतिशतसम्म छुट्याउन पहल गर्नेछौं।”सिंहले बताए।
सुदूरपश्चिमका नौ वटै जिल्लाका कृषि प्राविधिकहरुको सहभागिता रहेको भेलाको उद्घाटन सुदूरपश्चिम प्रदेश भूमि व्यवस्थापन, कृषि तथा सहकारी विकास मन्त्रालयका योजना महाशाखा प्रमुख गोकुलप्रसाद बोहराले गरेका थिए।
नाटाका प्रदेश संयोजक कमलापति भट्टको सभापतित्वमा भएको भेलामा नाटाका केन्द्रीय उपाध्यक्ष दुर्गाप्रसाद ओझा, केन्द्रीय सदस्य खेमराज पनेरु, कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्ट र कृषि तालिम केन्द्रका प्रमुख जनकराज जोशी लगायतको सहभागिता रहेको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस