काठमाडौं-नेपाल राष्ट्र बैंकले मुल्यबृद्धिलाई नियन्त्रणमा राख्न सकेन । सरकारले आर्थिक बृद्धिदर ८.५ प्रतिशत र मुल्यबृद्धि ६ प्रतिशतभित्र राख्ने लक्ष्य राखेको थियो ।
तर चालु आर्थिक बर्षको सात महिनामा मुल्यबृद्धि ६.६८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुल्यबृद्धि ४.३५ प्रतिशतमा सिमित थियो ।
यसअवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुल्यबृद्धि ९.७९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुल्यबृद्धि ४.६५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गत सात महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ ।
माघ महिनासम्ममा उपत्यकाको मुल्यबृद्धि ७.५८ प्रतिशत, तराईमा ७.२९ प्रतिशत, पहाडमा ५.४६ प्रतिशत र हिमालमा ५.२८ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
गत बर्षको माघमा भने यी क्षेत्रहरुमा मुल्बृद्धि क्रमशः ५.१९ प्रतिशत, ३.४४ प्रतिशत, ४.९१ प्रतिशत र ५.२७ प्रतिशत रहेको थियो
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस