पोखरा– पोखरा र आसपासमा बुधवार दिउँसो परेको असिना पानीले तरकारी र फलफूल बालीमा क्षति पु¥याएको छ । दिउँसो एक बजेदेखि लगभग आधा घण्टासम्म हावा हुरी सहित परेको असिना पानीले यहाँको लेखनाथको केही स्थान सहित तरकारीको पकेट क्षेत्र मालेपाटन, मासवास तथा घारीपाटन, रातोपैह्रा विरौटा, भरतपोखरी, निर्मलपोखरी लगायतका स्थानमा लगाइएको तरकारी बालीमा ठूलो पु¥याएको हो ।
असिना र पानीले बारीमा लगाइएका घिरौला, काक्रा, बोडी, फर्सी, लौका,लगायतका लहरे तरकारी बालीका विरुवा तथा सुन्तला, कागती, मेवा, नासपति, लिचि जस्ता फलफूलका बोटमा भर्खरै लागेका फूल झारेर क्षति पु¥याएको स्थानीय कृषकले दुखेसो गरेका छन् ।
पोखरा ७ घारीपाटनका ऋषिकेश आचार्यले असिना पानीले हिउँदेबाली नष्ट गरेको जानकारी दिनुभयो । उहाँका अनुसार जस्ताका छानामा असिनाको थुप्रो लागेपछि घर भित्र बस्न समेत जोखिम हुनुका साथै पानीको आहाल बनेसंगै सावेलको सहायताले असिना पन्छाइएको थियो । पोखरा १७ रातोपैह्राकी कृष्णमाया रानामगरले भन्नुभयो २२ बर्षको बसाईमा यति ठूलो असिना परेको पहिलो पटक हो ।
त्यस्तै असिना पानीले तनहुँको दुलेगौडा, ढोरफिर्दी लगायतका स्थानमा पनि ठूलै क्षति पुगेको स्थानीयबासी उमादेवी भट्टराईले जानकारी दिएकी छिन् । भरखरै फुलेका सुन्तला, कागती, नासपति, लगायतका बोटका फुलहरु झार्नुका साथै उम्रदै गरेका घिरौला, काक्रा लगाएतका लहरे वालीमा पनि असिनाले ठूलो क्षति पु¥याएको उनले जानकारी दिएकी छिन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस