खोटाङ-दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाले ‘लकडाउन’ अवधिको हर्जना छुट गर्ने भएका छन् ।
जिल्ला सहकारी सङ्घ र नगरपालिकाभित्रका सहकारीको आज बसेको संयुक्त बैठकले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिनका लागि लागू गरिएको ‘लकडाउन’का कारण सहकारी संस्था बन्द रहेको अवधिको हर्जना छुट गर्ने निर्णय गरेको हो ।
हर्जना छुट पाउनका लागि ऋणीले ‘लकडाउन’ खुलेको १५ दिनभित्र किस्ता बुझाउनु पर्ने निर्णय भएको सक्रिया वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र लयालुले बताए ।
बैठकले ऋण भुक्तानी गर्ने भाका ‘लकडाउन’ खुलेको मितिबाट एक महिना थप गर्ने, हाल भाका पुगेका ऋणको नवीकरण असार मसान्तसम्म गर्ने, ऋणीलाई नवीकरण सेवा शुल्कबापत २५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।
‘लकडाउन’को मारमा परेका ग्राहकको सहुलियतका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गरेको आग्रह अनुसार नगरभित्रका सहकारीले यस्तो व्यवस्था गर्ने निर्णय गरेको जिल्ला सहकारी सङ्घका अध्यक्ष अनिल जोशीले बताए ।
‘यस नगरपालिकाभित्र १२ सहकारी संस्था क्रियाशील रहेका छन्’, उनले भने , ‘यो नगरपालिकाभित्र सञ्चालित १२ सहकारीका साथैै जिल्लाभर सञ्चालित १६९ सहकारी संस्थालाई चैतभरको हर्जना छुट दिन आग्रह गरिएको छ ।’
विश्वभर फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमण नियन्त्रणका लागि पूर्व तयारी थालेको नगरपालिकाले एक महिना(चैतभर)को घर तथा जग्गा भाडा समेत छुट गर्न घर तथा जग्गा धनीलाई आग्रह गरेको छ ।
बैठकले लकडाउनको कारण मारमा परेका नगरवासीका लागि नगरपालिकाले यसअघि लिँदै आएको फोहरमैला व्यवस्थापन शुल्कमा चैत महिनाको शुल्क छुट दिने लगायतका दश बँुदे निर्णय पारित गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस