राजापुर- बर्दियाको मधुवन र बारबर्दिया नगरपालिका जोड्ने कुसुम्बा घाटको झोलुङ्गे पुलमा ताला लगाइएपछि तरकारी बिक्री गर्न किसानलाई समस्या भएको छ । मुख्य बाटो बन्द हुँदा बारीमा लटरम्म फलेका भिन्डी, काँक्रो, करेला, बोडीलगायत तरकारी बिक्री गर्न नपाइएको किसानको गुनासो छ ।
याममा बजारसम्म तरकारी पु¥याउने मुख्य बाटो बन्द भएपछि तरकारी खेतबारीमै कुहिन थालेको छ. । अधिकांश गाउँमा तरकारी लटरम्म फलेका छन् । तरकारी बिक्री हुने हाट बजार पनि बन्द भएको र पुलको वरिपरि जाली बाँधेर ताला लगाइएपछि काँक्रा, फर्सी, बन्दा, काउली आदि टिपेर खेतकै गह्रागह्रामा थुपार्नुपरेको बारबर्दिया –४ का किसान फक्लबहादुर सत्गौलाले बताएका छन् ।
एक बिघा आठ कठ्ठा जमीन भाडामा लिएर बेमौसमी तरकारी खेती गर्नुभएका सत्गौलाले तरकारी बिक्री नहुँदा मारमा परेको बताए । सरकारले अत्यावश्यक वस्तुको निर्बाध आपूर्ति गर्ने व्यवस्था गरिने भने पनि झोलुङ्गे पुलमा ताला लगाइएपछि बेमौसमी तरकारी उत्पादक किसानले व्यापार गर्न पाएका छैनन् ।
मधुवन खुला सिमानासँंग जोडिएकाले मानिसको आवतजावत बढेको जनाउँदै गत चैत १९ गतेदेखि झोलुङ्गे पुलमा ताला लगाइएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस