काठमाडौँ: अर्थमन्त्री डा. युवराज खतिवडाले ‘अब देशमै छ रोजगारी’ अभियान सार्वजनिक गर्नुभएको छ । उद्योगपति स्किलिङ इकोसिस्टम सरोकारवाला, दाता, मिडिया तथा नागरिक समाजका प्रतिनिधिको भेलाका बीच ‘रोजगारी सर्भिस प्रालि र यूकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम (सिप)को पहलमा बिहीबार भर्चुअलको माध्यमबाट आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले उक्त अभियानको सार्वजनिक गरेका हुन् ।
उक्त अभियान सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले यस अभियान बेरोजगार युवाका लागि महत्वपूर्ण हुने बताए । अभियानको लोगो र नारा सार्वजनिक गर्दै मन्त्री खतिवडाले भने, “म विश्वस्त छु कि यस्ता बजार नेतृत्व स्किलिङ पहलले गति लिन पाउनेछन् र सफलतापूर्वक सरकार, निजी क्षेत्र, नागरिक समाजबीच परिकल्पना गरिएको सहकार्य निर्माण गर्नेछ । ”
रोजगारी सिर्जना र उद्यमशील वर्गको निर्माण महत्वपूर्ण रहेको र सरकारले स्मार्ट प्रोत्साहन र बजारमैत्री नीति ल्याइरहेको भन्दै उहाँले यसले उज्ज्वल आर्थिक भविष्यलाई सक्षम बनाउन सहयोग पुग्ने पनि विश्वास व्यक्त गरेका छन् ।
यस अभियानअन्तर्गत आप्रवासी र आर्थिक रूपले वञ्चित, सामाजिक बहिष्कृत समूहहरूको जीवनयापन आवश्यकताको प्रक्रिया दिन अघिल्ला प्रयासमा निर्मित भएको जनाइएको छ । कोभिड–१९ महामारीका कारण रोजगारी गुमाएर अर्को वर्ष मात्र लगभग सात लाख नेपाली श्रमिक विदेशबाट फर्किने अनुमान गरिएको छ ।
रोजगारी सर्भिस र मेरो जब्सका संस्थापक शैलेन्द्रराज गिरीले ‘अब देशमै छ रोजगारी’ अभियान र यूकेएड (सिप) र अन्यसँगको हाम्रो सामूहिक साझेदारीले नेपालको मानव संसाधनमार्फत रोजगार, उद्योग र वृद्धि गर्न सहयोग पुर्याउन सामूहिक उत्प्रेरित गरिनुपर्ने आवश्यकता औँल्याएका छन् ।
कार्यक्रममा श्रीनगर एग्रो फार्मकी मौषमी श्रेष्ठले नेपालमा पर्याप्त रोजगारी र उद्यमशीलताको सम्भावना रहेको बताउनुभयो । पवन गोल्यान, विष्णु अग्रवाल, रचना थापा र शेखर गोल्छाले देशमा सीपयुक्त दक्ष रोजगारी सिर्जना र उद्यमशीलताका लागि उद्योग नेतृत्व संयुक्त लगानी मोडल र सहकार्यको आवश्यकता औँल्याएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस