काठमाडौँ- करदातालाई करबारे सूचना प्रदान गर्ने उद्देश्यसहित आन्तरिक राजस्व विभागले एसएमएस सेवा सुरु गर्ने भएको छ । करदाताले कर फाइलिङ अथवा दाखिला गरेको अवस्थामा त्यसबारे तुरुन्तै सम्बन्धित व्यक्तिको मोबाइलमा एसएमएस जानेगरी विभागले प्रणाली विकास गर्दैछ ।
विभागका महानिर्देशक विनोद कुँवरका अनुसार करदातालाई महìवपूर्ण सूचना तत्काल प्रवाह गर्न यस्तो प्रणाली निर्माणको प्रक्रिया अघि बढाइएको हो । ‘कसैको ट्याक्सेसन भयो अथवा कर जम्मा भयो भने त्यसको पनि जानकारी एसएमएसबाटै दिन्छौँ’ उनले भने ।
कस्ता करदातालाई करबारे कस्तो सूचना दिने भन्ने विषयमा विभागले कार्यविधि बनाइरहेको छ । कार्यविधिअनुसार नै सफ्टवेयर प्रणाली विकास गरिने र यही आर्थिक वर्षभित्र एसएमएसबाटै जानकारी उपलब्ध गराउने तयारी भएको महानिर्देशक कुँवरले बताएका छन् ।
कर प्रशासन र सूचना प्रवाहलाई प्रविधिमैत्री बनाउँदै लैजाने उद्देश्य अनुरूप यस्तो सेवा उपलब्ध गराउन लागिएको उनले स्पष्ट पारे । विभागका अनुसार अहिलेसम्म मूल्य अभिवृद्धि करमा दर्ता हुने करदाताको सङ्ख्या करिब दुई लाख ५७ हजार छ । त्यस्तै अन्तःशुल्कमाा दर्ता हुने करदाता करिब ९८ हजार छन् ।
अनलाइनबाटै पान
एसएमएसबाहेक विभागले व्यक्तिगत करदातालाई अनलाइनबाटै स्थायी लेखा नम्बर (पान) लिन सक्ने व्यवस्था पनि गर्दैछ । व्यक्तिगत करादातालाई पानकै लागि कर कार्यालय धाउनुपर्ने बाध्यताबाट मुक्त गर्न घरमै बसेर लिन सकिने सुविधा उपलब्ध गराउन लागिएको महानिर्देशक कुँवरले जानकारी दिनुभयो । संस्थागत पान लिनेलाई भने तत्काल यो सुविधा उपलब्ध हुनेछैन ।
विभागले चालू आर्थिक वर्षको सुरुदेखि नै पानमा पहिलो पटक बायोमेट्रिक प्रणाली पनि सुरु गरिसकेको छ । करदाताको पहिचान र सहजताका लागि यस्तो प्रणाली सुरु गरिएको विभागले जनाएको छ । यो पनि व्यक्तिगत करदाताका लागि मात्र विभागले सुरु गरेको हो । यो सुविधा तत्काल काठमाडौँ उपत्यकाभित्रका करदाता सेवा कार्यालयमा उपलब्ध छ । विभागले देशैभरका कर कार्यालयमा यो सुविधा विस्तार गर्ने जनाएको छ ।
अर्थ मन्त्रालयका अनुसार २०७६ असार मसान्तसम्म करिब ३३ लाखले पान लिएका छन् । यसमध्ये १९ लाख ३० हजारले व्यक्तिगत पान लिएका छन् । १३ लाख ६६ हजारले व्यक्तिगत पान लिएको मन्त्रालयको तथ्याङ्क छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस