काठमाडौँ – कोरोना भाइरसको जोखिम बढेसँगै नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई न्यूनतम कर्मचारीबाट सेवा प्रवाह गर्न, सिफ्ट अनुसार र घरबाट समेत काम गर्ने व्यवस्था मिलाउन निर्देशन
दिएको छ ।
जोखिमलाई दृष्टिगत गर्दै सरकारले देशका विभिन्न स्थानमा गरेको बन्दाबन्दी, निषेधाज्ञा, सवारीसाधनको आवागमनमा जोर बिजोर प्रणाली लागू गरेपछि केन्द्रीय बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई आइतबार सर्कुलर जारी गरेको हो ।
बैङ्क तथा वित्तीय संस्थालाई सरकारले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर बैङ्किङ सेवा प्रवाहलाई निरन्तरता दिन तथा राष्ट्र बैङ्कले विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्न पनि निर्देशन दिएको छ ।
प्रादेशिक शाखाहरू न्यूनतम कर्मचारीबाट सेवा सञ्चालन गर्ने वा वैकल्पिक रूपमा सञ्चालन गर्न सकिने शाखा पनि आलोपालो सञ्चालन गर्ने व्यवस्था मिलाउन केन्द्रीय बैङ्कले आग्रह गरेको छ ।
बैङ्किङ सेवामा रहेका जनशक्ति तथा सेवाग्राहीको सुरक्षा तथा सङ्क्रमणलाई न्यूनीकरण गर्न सुरक्षाका सबै उपाय अपनाउन पनि अनिवार्य गर्न जारी निर्देशनमा उल्लेख छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस