काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विदेशमा समस्यामा परेका ४६ हजारभन्दा बढी नेपाली नागरिक शनिबारसम्म स्वदेश फर्किसकेका छन् । सरकारले गत जेठ ३२ गतेबाट विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती सुरु गरेपछि चार्टर उडान र रोजगारदाता मुलुकले व्यवस्था गरेका उडानमार्फत ५८ देशबाट ४६ हजार ३१२ नेपाली स्वदेश फर्किएका हुन् ।
सरकारले रोजगारी गुमाएका, गन्तव्य देशमा करार अवधि सकिएर अलपत्र परेका, गर्भवती र सुत्केरी महिला, विदेश भम्रण वा आफन्त भेटघाट गर्न गएका उतै रोकिएका लगायतका सिलसिलामा विदेशमा समस्यामा परेकालाई प्राथमिकतामा राखेर स्वदेश फिर्ती ल्याउने काम गरिरहेको छ ।
यसरी फर्किनेमा अधिकांश खाडी, मलेसियामा रोजगारीका सिलसिलामा समस्यामा परेका श्रमिक रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाइएको छ ।
आइतबार पनि विभिन्न देशबाट छवटा चार्टर उडानमार्फत एक हजार नेपाली नागरिक स्वदेश फर्किने जनाइएको छ । कोरोनाको कारण रोजगारी गुमाएका, समस्यामा परेका, बिरामी, गर्भवती, ज्येष्ठ नागरिक, भिसा सकिएका लगायतका प्राथमिकता छुट्टाएर नेपालीलाई स्वदेश ल्याउने काम भइरहेको छ ।
वैदेशिक रोजगार बोर्डका अनुसार विभिन्न देशमा मृत्यु भएका २४६ जना नेपालीको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ । बोर्डले १७२ को मृत्यु भएको देशमै अत्येष्टिका लागि परिवारबाट सहमति प्राप्त उतै अन्त्येष्टि गरिएको जनाइएको छ । अब ७६ शव नेपाल ल्याउन बाँकी छ । यस्तै एनआरएनका अनुसार शनिबारसम्म कोरोनाका कारण विदेशमा १९१ जना नेपालीको मृत्यु भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस