काठमाडौँ – लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात भदौ १५ सम्म स्थगित गरिएपछि व्यवसायीहरूले सार्वजनिक यातायातलाई गम्भीर सङ्कटमा पारिएको गुनासो गरेका छन् । यससँगै सार्वजनिक यातायात क्षेत्रमा करिब ६० अर्ब रुपियाँको नोक्सानी भएको दाबी गरिएको छ ।
लामो दूरीका सार्वजनिक यातायात झन्डै पाँच महिना सञ्चालन नहुँदा करिब ६० अर्ब रुपियाँ बराबरको नोक्सानी भएको व्यवसायीहरू बताउँछन् । बन्दाबन्दीको तीन महिनामै ४० अर्ब रुपियाँको नोक्सानी यातायात क्षेत्रले बेहोरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरका अनुसार सार्वजनिक यातायात गम्भीर आर्थिक सङ्कटमा परेको छ र यसलाई माथि उठाउन वा पुरानै लयमा ल्याउन तीन/ चार वर्ष लाग्ने छ तर सरकार यसका लागि गम्भीर नभएको र व्यवसायी मारमा परिरहेको उहनको गुनासो छ ।
सरकारले भदौ १ देखि लामो दूरीका यातायात खुला गर्ने निर्णय गरेपछि तयारीमा रहेका व्यवसायीहरू भदौ १५ सम्मको स्थगनले निराश भएका छन् । लामो दूरीको यातायात रोकिए पनि यात्रा गर्ने क्रम नरोकिएको बरु निजी सवारीहरूले महँगो भाडामा यात्रु ओसारेको गुनासो उनको छ ।
स्वाँर भन्छन्, निजी गाडीले यात्रु ओसारेर सङ्क्रमणको जोखिम बढाएका छन्, यात्रु ठगिएका छन्, बेथिति बढेको छ तर सरकारले नियमन गर्दैन । लामो दूरीलाई रोकेर कोरोना नियन्त्रण हुने भए चार महिनासम्म रोक्दा किन फैलिरहेको छ ? सबै खुला गरेर हवाई र लामो दूरीका यातायातलाई मात्र रोक्नुको अर्थ के हुन्छ ?
छोटो दूरीको भन्दा लामो दूरीको यातायातमा कोरोना सङ्क्रमण फैलने सम्भावना कम हुने व्यवसायीको दाबी छ । सरकारले छोटो दूरीका यातायातमा मास्क, स्यानिटाइजर र सामाजिक दूरी कायम अनिवार्य गरेको छ तर त्यसको नियमन र अनुगमन नहुँदा सङ्क्रमण फैलिइरहेको महासङ्घको दाबी छ ।
सरकारले मौद्रिक नीतिमार्फत यातायात क्षेत्रलाई बैङ्क किस्ताको पुनर्तालिका र पुनर्कर्जाको व्यवस्था गरेको छ । सामाजिक दूरी कायम गर्न तत्कालका लागि सरकारले ५० प्रतिशत भाडा वृद्धि गरेको छ । यातायात मजदुरको एक लाख रुपियाँको कोरोना बीमामा सरकारले ५० र यातायात व्यवसायीले ५० प्रतिशत अनुदान दिने सहमति छ । सुरक्षा मापदण्ड अपनाएर लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न पाउनुपर्ने व्यवसायीले माग गर्दै आएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस