काठमाडौँ – सुनको मूल्य उतार चडावको क्रम मङ्गलबारसम्म पनि जारी रहेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा तलमाथि भएसँगै त्यसले नेपाली बजारमा समेत सुनको मूल्यलाई तलमाथि भएको छ । सुनको मूल्य एक लाख तीन हजारसम्म पुगेर पुनः ९६ हजारमा झरेको थियो ।
तर मङ्गलबार तोलामा दुई हजार दुई सय रुपियाँले बढेर सुनको मूल्य पुनः तोलामै एक लाख चार सय रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा एक तोलाको दुई हजार दुई सय रुपियाँले बढेर सुनको भाउ एक लाख चार सय रुपियाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका उपाध्यक्ष दियसरत्न शाक्यले जानकारी दिएका छन् ।
सोमबार छापावाल सुनको कारोबार प्रतितोला मूल्य ९८ हजार दुई सय रुपियाँ थियो । अन्तर्राष्ट्रिय मूल्यमा आएको परिवर्तनसँगै सुनको भाउ बढेको महासङ्घले जनाएको छ । सुनको मूल्य दसैँअघिसम्म तोलाकै एक लाख ५० हजारसम्म पुग्ने प्रक्षेपण गरिएकोमा रुसमा कोरानाको खोप बनेको हल्लासँगै एक्कासि घटेको थियो ।
मङ्गलबारका लागि तेजाबी सुनको प्रतितोला मूल्य ९९ हजार नौ सय रुपियाँ तोकिएको छ भने चाँदीको प्रतितोला भाउ एक हजार ३८० रुपियाँ पुगेको छ । सोमबारको तुलनामा चाँदीको प्रतितोला भाउ ६५ रुपैयाँले बढेको सङ्घले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस