काठमाडौँ – कोभिड–१९ का कारण सन् २०२० मा नेपालमा ७३.१ प्रतिशतले रोजगारी गुमाउने एक अध्ययनले देखाएको छ । एसिया तथा प्रशान्त क्षेत्रका मुलुकमा कोभिड–१९ का कारण रोजगारीमा पर्ने प्रभावबारे । अन्तर्राष्ट्रिय श्रम सङ्गठन र एसियाली विकास बैङ्कले संयुक्त रूपमा गरेको अध्ययनमा उक्त अनुमान गरिएको हो ।
कृषि, खुद्रा व्यापार, होटल र रेस्टुरेन्ट, आन्तरिक यातायात, अन्य सेवा, निर्माण तथा कपडा तथा कपडाजन्य उत्पादन गरी सातवटा क्षेत्रमा गरेको अध्ययनमा सबैभन्दा बढी रोजगारी गुमाउन सक्नेमा कम्बोडिया (९०.६ प्रतिशत) र सबैभन्दा कम भियतनाम (५७.८ प्रतिशत) रहेका छन् ।
अध्ययन गरिएका देशमा बङ्गलादेश, कम्बोडिया, फिजी, भारत, इन्डोनेसिया, लाओस, मङ्गोलिया, नेपाल, पाकिस्तान, श्रीलङ्का, फिलिपिन्स, थाइल्यान्ड र भियतनाम रहेका छन् ।
दक्षिण एसियाली मुलुकमा सबैभन्दा बढी रोजगारी गुमाउनेमा पाकिस्तान (७७.४), भारत (७७.३ प्रतिशत), बङ्गलादेश (७५.९ प्रतिशत, नेपाल (७३.१ प्रतिशत) र श्रीलङ्का सबैभन्दा कम (६३.९ प्रतिशत) ले रोजगारी गुमाउने जनाइएको छ ।
प्रतिवेदन अनुसार क्षेत्रगत आधारमा नेपालले सबैभन्दा बढी निर्माण क्षेत्रमा (२१.७) प्रतिशत रोजगारी गुमाउनेछ । त्यसपछि खुद्रा व्यापारमा १३.५ प्रतिशत, होटल र रेस्टुरेन्टमा १२.८ प्रतिशत, कृषिमा १२.७ प्रतिशत, अन्य सेवामा ७.९ प्रतिशत र कपडा तथा कपडाजन्य उत्पादनमा ४.५ प्रतिशतले रोजगारी गुम्नेछ । आन्तरिक यातायातमा भने शून्य प्रतिशतले रोजगारी गुम्ने पनि प्रतिवेदनमा उल्लेख छ ।
सन् २०२० मा युवा बेरोजगारी दर अल्पकालमा ४.८ प्रतिशत र दीर्घकालीन ६.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । सन् २०१९ मा उक्त दर २.३ प्रतिशत रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस