काठमाडौँ – सर्वोच्च अदालतले ओबीसीआई प्राइभेट लिमिटेड (ओम्नी) र नेपाल सरकारबीच भएको स्वास्थ्य सामग्री खरिदसम्बन्धी सम्झौतालाई निरन्तरता दिन अस्वीकार गरेको छ ।
स्वास्थ्य सेवा विभागले यसअघि खारेज गरेको सम्झौताको निरन्तरता, कालोसूचीमा राख्ने प्रक्रिया रोक्का लगायतका माग राख्दै ओम्नीले दायर गरेको रिटमा अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । करारको अन्त्य भइसकेको स्वीकार निवेदक स्वयंले गरिसकेकाले अन्तरिम जारी गर्नु नपर्ने अदालतको ठहर छ ।
न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले अन्तरिम जारी गर्न अस्वीकार गरे पनि रिटलाई अग्राधिकार भने दिएको छ । निवेदनको विषयवस्तु छिटो टुङ्ग्याउनुपर्ने प्रकृतिको रहेको भन्दै अग्राधिकार दिएको हो । एकल इजलासको आदेशमा भनिएको छ, “अन्तरिम आदेश माग भएको सम्बन्धमा विचार गर्दा, करारको अन्त्य भइसकेको र निवेदक स्वयंले रिट निवेदनमा मध्यस्त नियुक्तिको प्रक्रिया सुरु गरेको भनी उल्लेख गरेको हुँदा अन्तरिम आदेश जारी गरिरहनु परेन ।”
कोभिड–१९ जोखिम बढेसँगै सरकारले लकडाउन गरेको थियो । सो सुरुवातसँगै स्वास्थ्य सामग्री खरिद प्रक्रिया पनि सरकारले अगाडि बढाएको थियो । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्व य समितिको निर्देशनमा स्वास्थ्य सेवा विभागले आपत्कालीन रूपमा खरिद प्रक्रिया अघि बढाएको थियो तर तोकिएको समयमा सामग्री हस्तान्तरण नगरेको भन्दै करार रद्द भएको थियो । विभागले बैङ्क जमानत जफत र कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया पनि अघि बढाउन निर्देशन दिएको थियो ।
विभागले करार रद्द गर्दासमेत ओम्नीले पहिलो चरणमा भने सामग्री हस्तान्तरण गरेको थियो । दोस्रो चरणका सामग्री तोकिएको समयमा उपलब्ध नगराएको भन्दै सम्झौता रद्द भएको थियो । ओम्नीले सम्झौता रद्दको लामो समयपछि उक्त प्रक्रिया निरन्तरताका लागि अदालतमा रिट दायर गरेको थियो । यस्तै बैङ्क जमानत जफत नगर्न र कालोसूचीमा राख्ने प्रक्रिया पनि अघि नबढाउन आदेशको माग निवेदनमा गरिएको थियो । करारको व्यवस्था दुवै पक्षले पालना गर्नुपर्ने दायित्व भए पनि विभागले एकतर्फी रूपमा रद्द गरेकाले निरन्तरता हुनुपर्ने कम्पनीको दाबी थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस