काठमाडौँ-कोभिड–१९ महामारीका कारण आन्तरिक उडानमा रहेका निजी क्षेत्रका वायुसेवा कम्पनीले रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नु परेको छ ।
कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र जारी निषेधाज्ञाको अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा ती कम्पनीले ठूलो आर्थिक नोक्सानी बेहोरेका हुन् ।
महामारी नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि साउन ६ गतेसम्म बन्दाबन्दी र त्यसयता भदौ २४ सम्म राजधानी काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा निशेषाज्ञा जारी गरिएको छ ।
सोहीकारण झण्डै छ महिनादेखि पर्यटन तथा हवाई क्षेत्र सुनसान प्रायः छ । वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले महामारीको प्रभावका कारण हवाई सेवा कम्पनीले छ महिनाको अवधिमा रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नुपरेको बताए । उनका अनुसार ठूला वायुसेवा कम्पनी बुद्धएयर, यती एयरलाइन्स, श्री एयरलाइन्स तथा विभिन्न १० कम्पनीका हेलिकोप्टरको व्यवसायको मोटामोटी नोक्सानीको विवरण हो । आर्थिक नोक्सानीसँगै व्यवसायसँग जोडिएका कर्मचारी मजदूरलगायतको पीडा उत्तिकै छ ।
सन् २०२० मा निजी क्षेत्रका हवाई कम्पनीले रु २५ अर्ब भन्दा बढी आर्थिक नोक्सानी बेहोर्ने आँकलन गरिएको छ । प्रवक्ता शर्माले बन्दाबन्दीको छ महिनाको अवधिमा बुद्धएयरले मात्रै करिब रु चार अर्ब नोक्सानी बेहोरेको छ । यती एयरलाइन्सको रु तीन अर्ब ६० करोड नोक्सानी भएको छ । श्री एयरलाइन्सको पनि झण्डै रु तीन अर्ब आर्थिक नोक्सानी भएको छ ।
यो बन्दाबन्दी र निषेधाज्ञा अवधिको अनुमानित विवरण हो । हेलिकप्टर कम्पनीको व्यापार घाटा छुट्टै छ । अब, दैनिक कति व्यापार गर्थे त वायुसेवा कम्पनीले यसबाट पनि सहजै आर्थिक नोक्सानीको अनुमान लगाउन सकिन्छ ।
देशकै अग्रणी वायुसेवा कम्पनी बुद्धएयरले सामान्य अवस्थामा दैनिक करिब १०० उडानमार्फत छ हजार हाराहारी यात्रुलाई ओहोरदोहोर गराउथ्यो । दैनिक ७० वटासम्म उडान भर्ने अर्को प्रतिस्पर्धी यती एयरलाइन्सले चार हजारभन्दा बढी यात्रु व्यवस्थापन गर्ने गरेको थियो । धेरै उडान गर्नेमध्येको तेस्रो श्रीएयरलाइन्सले पनि दैनिक ४० हाराहारीमा उडान भर्ने गरेको थियो ।
वायुसेवा कम्पनीको भनाइमा सङ्घको आँकडाभन्दा आर्थिक नोक्सानी केही तलमाथि हुनजान्छ । उसोभए एयरलाइन्सको भनाइमा चाँही कति नोक्सानी भयो त ? बुद्धएयरका बजार निर्देशक रुपेश जोशीका अनुसार कम्पनीले सामान्य अवस्थामा रु ६० देखि ७० करोड आम्दानी ग¥यो । तर, इन्धनमा ४० प्रतिशत कटाउँदा उसले मासिक रु १५ करोड सहजै आम्दानी गर्नेगरेको थियो । छ महिनाको इन्धनबाहेकको मात्रै हिसाब गर्दा रु एक अर्बभन्दा बढी घाटा हुन्छ ।
बुद्धएयरले ११ एटिआरसहित १३ जहाजमार्फत विभिन्न १३ गन्तव्यमा आन्तरिक उडान गरिरहेको छ । यता निजी क्षेत्रको प्रतिस्पर्धी अग्रणी वायुसेवा कम्पनी यती एयरलाइन्सले छ महिनाको अवधिमा डेढ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नुपरेको छ ।
एयरलाइन्सको हवाई सुरक्षा विभागका प्रमुखसमेत रहनुभएका प्रवक्ता सुदर्शन बर्तौलाले बन्दाबन्दीको अवधिमा यतीले डेढ अर्ब भन्दा बढी र यतीकै भगिनी संस्था तारा एयरले रु ५० करोड हाराहारी आर्थिक नोक्सानी बेहोरेको बताउनुभयो । यतीले हाल पाँच एटीआर र पाँच जेट स्ट्रिमसहित १० जहाजमार्फत उडान भर्दै आएको छ ।
श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले बन्दाबन्दीको अवधिमा ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको बताउनुभयो । यो कम्पनीसँग आन्तरिक उडानका लागि सिआरजे र ‘ड्यास एट’ गरी छ जहाज छन् । सौर्य, सीता, सिम्रिक, समिटलगायत एयरलाइन्सले बन्दाबन्दीमा धेरै घाटा बेहोर्नुपरेको छ ।
विमानस्थलमा आन्तरिकतर्फ दैनिक ३०० हाराहारी उडान हुने गरेको थियो । आन्तरिक उडानमा ३४ हेलिकप्टर तथा ४६ जहाजले उडान भर्छन् । आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।
हेली एभरेष्टका प्रमुख कार्यकारी अधिकृतसमेत रहनुभएका प्रवक्ता शर्माका अनुसार सिजनमा हेली एभरेष्टले मात्रै दैनिक २० देखि २५ हजार अमेरिकी डलर कमाई गर्ने गरेको थियो । बढी उडान गर्ने सिम्रिक एयरको हेलिकप्टर र शैलाश हेलिकप्टरले सर्वाधिक उडान गर्थे । यी दुवै कम्पनीसँग समान छ वटा हेलिकप्टर छन् । उनीहरुले दैनिक ४० हजार डलरसम्म व्यापार गर्ने गरेका थिए । सिजनमा कैलाश मानसरोबरमा मात्रै रु ५० करोडभन्दा बढीको व्यापार हुन्थ्यो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस