काठमाडाैं-कोरोना महामारीका बेला यदि तपाईं घरबाट काम गर्दै हुनुहुन्छ भने कार्यालय आउँदा–जाँदा लाग्ने र बाहिर खाने खर्च बच्ने सम्भावना बढी हुन्छ । अर्कोतर्फ कोरोना संक्रमण फैलिनबाट रोक्न लगाइएको लकडाउनका कारण हजारौँ गरिब मजदुरको जागिर खोसिएको अवस्था छ ।
आयका स्रोतहरू पूर्णरूपमा बन्द भएका छन् । जसले गर्दा विकराल अवस्था सिर्जना भएको अर्थशास्त्रीहरू बताउँछन् । यसअघिका कुनै महामारीका बेला पनि अहिलेको जस्तो अवस्था सिर्जना भएको थिएन ।
क्यापिटल इकोनोमिक्सका प्रमुख अर्थशास्त्री निल सिरिङ भन्छन्, ‘यो महामारीले परिवारहरूको आयलाई नाटकीय ढंगले परिवर्तन गरेको छ । एकातिर हजारौँ मानिसको आयको स्रोत समाप्त भएको छ । उनीहरू कुनै पनि बेला जागिर जाने डर पालेर बसेका छन् । अर्कोतर्फ केही मानिसको आयमा नचाहेरै पनि वृद्धि भएको छ, उनीहरूका खर्चमा कमी आएको छ र बचत बढेको छ ।’
रेबेका ओकानर वेबसाइट कम्पनी ‘गुड विथ मनी’की संस्थापक हुन् । उनी रोयल लन्डनमा व्यक्तिगत निजी वित्तीय परामर्शदाताका रूपमा काम गर्छिन् । ‘अहिले आर्थिकस्तरमा मानिसहरूको वस्तुस्थिति बदलिएको छ ।
केही मानिसका लागि अब सानो रकम जम्मा गर्न पनि मुस्किल भएको छ,’ उनी भन्छिन् । यद्यपि रेबेकाजस्तै कैयन व्यावसायिक मानिसको खर्चमा भने अहिले निकै कमी आएको छ । बच्चालाई स्कुल छाड्न जाँदा लाग्ने पेट्रोल खर्च, सार्वजनिक यातायातमा यात्रा गर्नु नपर्ने स्थितिबाट रेबेकाले मात्रै चार सय ५० डलर बचत गर्छिन् । कफी नकिन्दा, अफिसमा साथीहरूसँग ड्रिंक र लन्च नगर्दा उनलाई सय डलरको लाभ हुन्छ । साथै, सुपरमार्केटबाट सामान नल्याउने कारण पनि खर्च जोगिएको छ ।
लकडाउनका बेला पैसा बचत गर्ने रेबेका एक्ली भने होइनन् । बेलायतमा लकडाउनका कारण पैसा बचाउने यस्तै अरू कैयौँ मानिस छन्, उनीहरू अब विदेश घुम्ने र सानदार तरिकाले बिहे गर्ने सपना पूरा गर्न चाहन्छन् ।
बेलायतको रेजोलुसन फाउन्डेसनले तयार पारेको रिपोर्टमा उच्च आय भएका परिवारमा प्रत्येक तीनमध्ये एकजनाले मासिक आयमा वृद्धि गरेको उल्लेख छ । जब कि पाँचमध्ये एक परिवारमा आयमा कमी देखिएको थियो । जुन परिवार अहिलेको अवस्थामा घरबाटै काम गर्न सक्षम छन्, उनीहरूले बढी पैसा बचाउन सकेका छन् । जब कि निम्नदेखि मध्यम आय भएको परिवारमध्ये २० प्रतिशतले यो महामारीका बेला उधारो बढेको बताएका छन् । यो समाचार आजको नयाँ पत्रिकाले छको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस