काठमाडौं-कोरोना संक्रमणका कारण सरकारले चैतमा लगाएको लकडाउन र त्यसपछिको निषेधाज्ञाले चार महिनामा घर, गाडी र आयात कर्जाको माग अर्बौँ रुपैयाँले घटेको छ ।
राष्ट्र बैंकले प्रकाशित गरेका बैंकहरूको मासिक विवरणअनुसार गत फागुन अन्त्यदेखि साउन अन्त्यसम्म यस्ता कर्जामा ३५ अर्बले कटौती भएको भएको आजको नयाँ पत्रिकाले समाचार छापेको छ।
समाचार अनुसार लकडाउनअघि फागुन मसान्तमा यी तीन शीर्षकमा कुल ५ खर्ब ८५ अर्ब ५० लाख कर्जा प्रवाह भएको थियो । साउन मसान्तमा यी क्षेत्रमा ऋण घटेर ५ खर्ब ४९ अर्ब ६८ करोड ३० लाखमा झरेको हो ।
उक्त अवधिमा प्रतीतपत्र र आयातमा जाने कर्जा १७ अर्ब रुपैयाँले र सवारी कर्जा १० अर्ब रुपैयाँले घटेको हो । त्यस्तै, डेढ करोड रुपैयाँसम्मको घर कर्जासमेत ६ अर्ब ९६ करोड रुपैयाँले कमी आएको छ । यो अवधिमा अधिविकर्ष कर्जा ६ अर्बले घटेको छ ।
कोभिड–१९ को प्रभावसँगै बढेको अनिश्चित अवस्था, लकडाउन र निषेधाज्ञाका कारण बढेको अवरोधले कर्जा लगानी कम भएको हो । समग्रमा यी विविध क्षेत्रमा ४९ अर्बले लगानी घटे पनि अन्य क्षेत्रमा भने ८१ अर्बले लगानी बढेको छ । सोही कारण कुल कर्जा लगानी भने ३१ अर्ब रुपैयाँले वृद्धि भएर ३२ खर्ब ४५ अर्ब पुगेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस