काठमाडौं-लामो समयको लकडाउन खुलेसँगै पुनः राजस्व छली गर्नेहरू सक्रिय हुन थालेका छन् । यो समाचार आजको राजधानी दैनिकले छापेको छ।
समाचार अनुसार कोरोना संक्रमणको दर बढेर मुलुकलाई संकट परेको बेलामा राजस्व छलीमा संलग्न हुनेहरूले मौका छोप्दै नक्कली बिल बिजक प्रयोग गर्नेलगायतका विभिन्न तरिका अपनाएर करिब ३६ करोड ८८ लाख ९७ हजार रुपैयाँ राजस्व छली गरेका छन् ।
त्यसरी राजस्व छली भएको पाइएपछि राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनी तथा फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
विभागले निषेधाज्ञा खुलेपछि सोमबार एकै दिन राजस्व छलीमा संलग्न विभिन्न कम्पनी तथा व्यक्तिविरुद्ध मुद्दा दायर गरेको हो । विभागले राजस्व छली गर्नेविरुद्ध आक्रामक कारबाही थालिने जनाएको छ ।
विभागले चितवनको सन्तोषी निर्माण सेवा, लतितपुर महानगरपालिका–१३ स्थित स्काइ लाइन ट्रेडर्स एन्ड सप्लायर्स, बिग प्लान सप्लायर्स, बिग प्लान ब्याग उद्योग भक्तपुर, एनपी ट्रेड एन्ड सप्लायर्स र सम्मानित ट्रेड कन्सर्नविरुद्ध सो परिमाणको राजस्व छलीको मुद्दा दायर गरेको हो ।
विभागका अनुसार सन्तोषी निर्माण सेवाका सञ्चालकसहित ३ जनाबाट कुल ६ करोड २२ लाख ७४ हजार २८८ रुपैयाँ बिगो असुल गरी जरिमाना र कैद माग दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ ।
सन्तोषी निर्माण सेवाले वस्तु तथा सेवा नै खरिद नगरी झुटा र नक्कली भ्याटबिल बिक्री गरेको पाइएको छ । यसैगरी, स्काइ लाइन ट्रेडर्स एन्ड सप्लायर्सका सञ्चालक वीरेन्द्रकुमार चौधरी, यति इन्टरनेसनलका सञ्चालक उषाकुमारी चौधरी र रिवाज इन्टरनेसनलका सञ्चालक हर्ष चौधरीबाट ५ करोड ८ लाख ९४ हजारको बिगो दाबी मुद्दा दर्ता गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस