काठमाडौँ- पछिल्ला केही दिनयता नेपाली बजारमा पहेँलो धातुको मूल्यमा लगातार गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारदेखि सुनको भाउ निरन्तर ओरालो लागेको छ । सोमबार प्रतितोला रु ९७ हजार २०० मा कारोबार भएको छापावाला सुनको मूल्य मङ्गलबार प्रतितोला रु एक हजार ७००, बुधबार रु एक हजार २०० र आज प्रतितोला रु एक हजार २०० ले घटेको छ ।
महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९३ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ६०० तोकेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ८०० कायम भएको थियो । यस्तै बिहीबार चाँदीको मूल्यमा पनि प्रतितोला रु ७० ले गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १२० तोकिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस