काठमाडौँ- कूल ४५० मेगावाट क्षमताको किमाथाङ्का अरुणको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको तयारीका लागि क्षेत्र निर्धारणको काम अगाडि बढाइएको छ ।
प्रदेश नं १ को सङ्खुवासभाको भोटखोला गाउँपालिकामा आयोजना निर्माण हुन लागेको छ । सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले सो आयोजना निर्माण गर्न लागेको छ । अरुण नदीमा निर्माण हुने आयोजनाको प्रभावित क्षेत्रको वातावरणमा पर्ने प्रभावका बारेमा सात दिनभित्र आवश्यक जानकारी दिन आग्रह गरिएको छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययनसम्बन्धी क्षेत्र निर्धारण गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक, भौतिक प्रणाली, जैविक, सामािजक एवं सांस्कृतिक तथा आर्थिक प्रणालीमा के कस्तो प्रभाव पर्दछ भन्ने विषय पत्ता लगाउन खोजिएको विद्युत् उत्पादन कम्पनी लिमिटेडले जनाएको छ ।
आयोजना प्रभावित क्षेत्रका गाउँपालिका वा नगरपालिका तथा त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्यचौकी तथा सरोकारवाला व्यक्ति वा संस्थाको राय सुझाव लिन आवश्यक भएकाले सार्वजनिक सूचना प्रकाशन भएको मितिले सात दिनभित्र राय सुझाव दिन भनिएको छ ।
आवश्यक राय सुझाव विद्युत् उत्पादन कम्पनी र एनइए इन्जिनीयरिङ कम्पनी लिमिटेडमा आवश्यक राय सुझाव दिन भनिएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिका– २ भएर बग्ने अरुण नदीमा ७० मिटर अग्लो बाँध निर्माण गरिनेछ ।
सो बाँधका कारण अरुण नदीमा ०.३३८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको १०३ लाख घन मिटर क्षमताको जलाशय बन्नेछ । पानीको डिजाइन बहाव करिब १४३ घनमिटरप्रति सेकेण्ड र करिब ३८० मिटरको कूल हेड प्रयोग गरी वार्षिक करिब दुई हजार ४९८ गिगावाट घण्टा बराबरको ऊर्जा उत्पादन गर्ने गरी आयोजनाको डिजाइन गरिएको छ ।
बाँधस्थलबाट ६ हजार ७१५ मिटर तल्लोतर्फ जमिनमुनी बनाइने विद्युत्गृहमा भूमिगत पेनस्टक पाइपमार्फत पानीलाई ६ वटा टर्वाइनमा खसाली विद्युत् उत्पादन गरिनेछ । विद्युत् उत्पादन पश्चात् करिब ७०० मिटर लामो टेलरेस टनेलबाट पानीलाई पुनः अरुण नदीमा नै छाडिनेछ ।
आयोजनाका संरचनास्थलमा पुग्नका लागि करिब २२ किलोमिटर लामो पहुँचमार्ग निर्माण तथा उत्पादित विद्युत् प्रसारणका लागि विद्युत्गृहबाट प्रस्तावित हाइटार सवस्टेशनसम्म करिब १८.५ किलोमिटर लामो प्रसारणलाइन समेत निर्माण गरिनेछ । आयोजनाका अधिकाशं संरचना मकालु बरुण राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा बन्नेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस