काठमाडौं-साल्ट ट्रेडिङ कर्पाेरेसनको २५ सय मेट्रिक टन चिनी बुधबार आइपुग्ने भएको छ ।
सरकारले चाडपर्वलाई लक्षित गरी खाद्यव्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत कम भन्सार दरमा आयात गर्न अनुमति दिएको थियो ।
सरकारको सो अनुमतिअनुसार साल्ट ट्रेडिङ ५० प्रतिशत भन्सार छुटमा चिनी भित्र्याएको हो ।
सरकारले साल्ट ट्रेडिङलाई २० हजार मेट्रिक टन र खाद्यकम्पनीलाई १० हजार मेट्रिक टन आयात गर्न अनुमति दिएको थियो । खाद्यकम्पनीले सो चिनी दसंैपछि मात्र ल्याउन सक्ने बताएको छ भने साल्ट टे«डिङले सो चिनी २५ सय मेट्रिक टन बुधबार वीरगञ्जको नाका आइपुग्ने जानकारी दिएको छ ।
साल्ट ट्रेडिङ कर्पाेरेसनका विभागीय प्रमुख ब्रजेशकुमार झाले बुधबार २५ सय मेट्रिक टन चिनी वीरगन्ज नाका पुग्ने बाँकी चिनी त्यसको केही दिनपछि निरन्तर आउने बताए । विभागीय प्रमुख झाले सरकारले साल्ट ट्रेडिङलाई चिनी आयात गर्न अनुमति ढिला दिएको हुँदा चिनी आयात गर्न केही ढिला भएको बताए ।
उनले भने, ‘चिनीको मौज्दात कम हुने देखिएपछि सरकारलाई गत माघ महिनामा नै चिनी आयातका लागि अनुमति माग गरेका थियौं । तर, सरकारले हामीलाई चिनी आयात गर्ने अनुमति भदौ महिनाको अन्तिममा मात्र दिएको हुँदा चिनी आयातमा ढिला भएको हो ।यो समाचार आजको राजधानी दैनिकले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस