काठमाडौं-प्रदेश नम्बर १ का जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अधिकांश अध्यक्षहरुले जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या समाधानका लागि चन्द्रप्रसाद ढकालको टीमले मात्र गर्न सक्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि देशव्यापी चुनावी दौरानमा रहेको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको टिमलाई एक नम्बर प्रदेशका जिल्ला तथा नगर अध्यक्षहरुले पूर्ण समर्थन गरेका हुन् ।
निर्वाचन अभियानअन्तर्गत बिहिबार धरान पुगेका वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल र उहााको टिमका तर्फबाट जिल्ला नगरतर्फका उपाध्यक्ष गुणनिधी तिवारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारहरुलाई स्वागत गर्दै १ नम्बर प्रदेशका १७ भन्दा बढी जिल्ला नगर अध्यक्षहरुले उक्त कुरा बताएका हुन् ।
सो कार्यक्रममा उपस्थित नभए पनि मोरङ उद्योग संगठनका अध्यक्ष भिमप्रसाद घिमिरेले ढकाल प्यानललाई विराटनगर विमानस्थलमा स्वागत गर्दै आसन्न निर्वाचनका लागि अग्रिम बधाई तथा शुभकामना दिएका थिए ।
‘बिहिबार धरानको भेडेटारमा आयोजित कार्यक्रममा एक नम्बर प्रदेशका अधिकांश जिल्ला तथा नगरअध्यक्षहरुले अहिलेको अवस्थामा ढकाल नेतृत्वको टीमले मात्र हामी जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या समाधान गर्न सक्नेछ भन्दै जिल्ला दौडाहामा रहेको ढकाल प्यानललाई स्वागत तथा जीतको अग्रीम बधाई दिएका थिए । कार्यक्रममा उपस्थित जिल्ला नगरका अध्यक्षहरुले भने, ‘ढकाल प्यानलसाग हाम्रो मन र एजेण्डा मिलेकाले समर्थन र सहयोग गरेका छौा, तसर्थ उक्त टीमलाई जिताउन हृदयदेखि नै सबैसाग आग्रह गरेका छौं ।’
यसअघि महासंघका धेरै अध्यक्षहरु भएपनि उनीहरुले आफ्नो कार्यकाल बिताएर रिटायर्ड भएर जिल्ला नगरका उद्योगी व्यवसायीका समस्यालाई वास्ता नगरेको र हालसम्म पूर्व अध्यक्ष चन्डीराज ढकालले मात्रै समस्या समाधानका लागि खटेको भन्दै उनले समर्थन गरेको टीमलाई आफुहरुले जिताउने जिल्ला नगरको अध्यक्षहरुलले प्रतिवद्धता जाहेर गरेका थिए ।
साथै यसअघिका अध्यक्षहरुले उद्योगी व्यवसायीका समस्या पर्दा फोन समेत नउठाएको गुनासो गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकालले सहज रुपमा भेट दिादै जिल्ला नगरका उद्योगी व्यवसायीको समस्या समाधान गर्दैै आएकाले आफुहरुमाथि ढकाल प्यानललाई जिताउनु पर्ने दायित्व रहेको बताएका थिए । कार्यक्रममा जिल्ला नगरका अध्यक्षहरुले देशको आर्थिक विकास तथा स्वदेशी लगानीलाई प्रबर्द्धन गर्दै विदेशी लगानी भित्र्याउनका लागि पनि ढकाल नेतृत्वको टीम आवश्यक रहको बताएका थिए ।
यसैगरी यस अघिका नेतृत्वबाट जिल्ला नगरका उद्योगी व्यवसायीका समस्यालाई वेवास्ता गरेको भन्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल प्यानलबाट आफ्ना समस्या समाधान हुने आशा पलाएको भन्दै उक्त टीमलाई आगामी निर्वाचनमा जसरी पनि जिताउनुपर्ने उनीहरुको भनाइ रहेको थियो । कार्यक्रममा ढकाल प्यानललाई स्वागत गर्दै प्रदेश १ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष राजेन्द्र रावतले अहिलेको अवस्थामा व्यावसायीक हकहितका लागि ढकाल प्यानलको विकल्प नरहेको बताए ।
‘अहिलेको अवस्थामा महासंघको साख खस्किएको छ,’ उनले भने, ‘हामी व्यवसायीको साख उचो बनाउनका लागि पनि सानादेखि ठूलो व्यवसायसम्म सफलरुपमा संचानल गरेर सरकार र दातृ निकायमा समेत राम्रो सम्बन्ध रहेको ढकाल प्यानललाई जिताउनु पर्नेछ ।’
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य अविनाश बोहोराले महासंघमा शुद्धीकरण र शदृढीकरण नभई कुशल नेतृत्वको आवश्यकता परेको भन्दै जसका लागि चन्द्रप्रसाद ढकाल नेतृत्वको टीम आवश्यक रहेको बताए । साथै अहिलेको महासंघ नेतृत्वले सरकारसाग लविङ गरेर कोभिडका कारण व्यवसायीलाई परेका समस्या समाधान गर्न नसकेको भन्दै त्यसका लागि पनि यस पटक ढकाल प्यानललाई नेतृत्वमा पुर्याउनुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा प्रदेश नम्बर १ बाट खोटाङका अध्यक्ष विपिन राई, धनकुटाका अध्यक्ष बिजय सन्तोषी राई, उदयपुरका अध्यक्ष पुष्कर खड्का, भोजपुरका अध्यक्ष धु्रबलाल श्रेष्ठ, सुनसरीका अध्यक्ष गिरीधारी सापकोटा, इटहरीका अध्यक्ष भीमप्रसाद पौडेल, दकमका अध्यक्ष गोकुल श्रेष्ठ, झापाका अध्यक्ष टिकाराज ढकाल, झापा उद्योग संघका अध्यक्ष राजु पनेरु, ताप्लेजुङका अध्यक्ष ताराप्रसाद घिमिरे, इलामका अध्यक्ष ईश्वर चिपालु, उर्लाबारीका अध्यक्ष प्रितम खड्की, मेचीका अध्यक्ष ऋषी तिमिल्सिना, विर्तामोडका अध्यक्ष कुमार पोखरेलले कार्यक्रममा उपस्थित भएर आफूहरुको पूर्ण समर्थन रहेको भन्दै जीतको अग्रीम शुभकामना दिएका थिए भने मोरङ उद्योग संगठनका अध्यक्ष भीमप्रसाद घिमिरे विमानस्थलमा स्वागत गर्न पुगेका थिए ।
कार्यक्रममा आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले वरिष्ठ उपाध्यक्षको उम्मेदवारी ६ वर्षका लागि भएको भन्दै अहिलेको अवस्थामा सही व्यक्ति छनौट गर्न नसकेमा जिल्ला नगरका समस्या मात्रै नभई समग्र निजी क्षेत्रका लागि चुनौती थपिने बताए ।
अहिले चुनावी अभियानमा सबैजसो जिल्ला नगरका अध्यक्ष तथा उद्योगी व्यवसायीले आफू र आफ्नो टीमप्रति ठूलो साथ र समर्थन देखाउनु भएको बताउादै आफु नेतृत्वमा पुगेपछि व्यवसायीका आशा मर्न नदिने बताए ।
‘अहिले सबैजसो जिल्ला नगरका अध्यक्ष तथा उद्योगी व्यवसायीले महासंघको साख खस्कियो, सरकारी निकायमा प्रतिनिधित्व भएन भन्ने गुनासो गर्नु भएको छ ती कुरा आफु नेतृत्वमा पुगेपछि महासंघको पुरोना साख फर्काउादै प्रतिनिधित्व गराउनेछ,’ उनले भने, ‘साथै नेतृत्वमा पुगेका व्यक्तिले उद्योगी व्यवसायीले समस्या परेर फोन गर्दा नउठाउने तथा समस्या समाधान गर्दा पहल गर्दैन भने त्यो जस्तो निकम्मा नेतृत्व अरु कुनै हुन सक्दैन ।’
व्यावसायिक सफलतामार्फत् स्टेक होल्डरको रुपमा स्थापित व्यक्तिले मात्रै व्यवसायीको वास्तविक रुपमा नेतृत्व गर्न सक्ने भन्दै त्यसको लागि आफु तयार रहेको पनि ढकालले बताए । ‘जसले व्यवसाय गरेको छ, जसले व्यावसायीक समस्यासाग जुधेको छ उसले मात्रै हामी व्यवसायीका समस्या सरकारसमक्ष राख्न सक्छ र समस्या समाधान गर्न पहल गर्नेछ,’ उनले भने ।
कार्यक्रममा उनले आफुले ७ ओटै प्रदेशका पर्यटन व्यवसाय विस्तारका लागि परियोजनाहरु अघि बढाएको जानकारी दिादै आआफ्ना क्षेत्रका त्यस्ता सम्भावनाका क्षेत्र भएका प्रस्ताव ल्याउन आग्रह गरेका थिए । साथै त्यस्ता कार्यक्रममा केन्द्र र स्थानीय उद्योगी व्यवसायीको सहकार्यमा अघि बढाउन आफुहरु तयार रहेको उनको भनाई थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस