काठमाडौं- नेपाल उद्योग वाणिज्य संघको उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । ढकाल वरिष्ठ उपाध्यक्षमा प्यानलसहित मैदान उत्रिएका किशोर प्रधानलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने व्यवस्था भएकाले शेखर गोल्छापछि महासंघको नेतृत्व अब ढकालले गर्ने निश्चित भएको छ ।
आइतबार बिहानका राति सार्वजनिक भएको मतपरिणाम अनुसार विजयी भएका ढकालले एसोसिएटमा ५२२, वस्तुगतमा ५९ तथा जिल्ला नगरमा ५२ मत पाएका छन् ।
उनका प्रतिस्पर्धी प्रधानले भने एसोसिएटमा ३७५, वस्तुगतमा ३९ र जिल्ला– नगरमा ५३ मत पाए ।
महासंघ चुनावमा वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित कुल ६३ पदका लागि १२७ उम्मेदवार चुनावी मैदानमा थिए ।
शनिबार सार्वजनिक मतपरिणाम अनुसार एसोसिएट्स तर्फ ढकाल पक्षका रामचन्द्र संघइ निर्वाचित भएका छन् । वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ र जिल्ला–नगरतर्फ दिनेश श्रेष्ठ विजयी भएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस