जनकपुरधाम – देश नं २ मा साहु महाजनबाट चर्को ब्याजमा ऋण लिई वैदेशिक रोजगारीमा जाने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने लक्ष्य लिई विनाधितो ऋण प्रवाहलाई प्रभावकारी बनाइएको छ ।
प्रदेश नंं २ को सरकार, सीप विकास परियोजना, नेपाल एसबीआई बैंक र प्रभु विकास बैंकबीच भएको सम्झौताअनुरूप सो योजनालाई प्रभावकारी बनाइएको हो । सो योजनाअन्तर्गत सीप विकास परियोजनाको सहयोगमा वैदेशिक रोजगारमा जाने युवालाई विनाधितो सहुलियत दरमा ऋण प्रवाह गरिँदै आएको छ ।
परियोजनाले प्रभु विकास बैंकमार्फत रौतहट, सप्तरी, सर्लाही, बारा र पर्सा तथा नेपाल एसबीआई बैंकले सिरहा, धनुषा र महोत्तरीमा यस्तो सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ । प्रारम्भमा वैदेशिक रोजगारीमा जानेलाई मात्र सो सुविधा उपलब्ध भएकामा हाल जाने र फर्केकालाईसमेत सो सु्विधा उपलब्ध गराइएको छ । परियोजनाद्वारा धनुषा जिल्लाको लक्षमिनियाँको आप्रवासी बहुद्देश्यीय सहकारी संस्थामा आयोजित ऋण प्रवाह, प्रक्रिया, समस्या र समाधान विषयक छलफल कार्यक्रममा सो जानकारी दिइएको हो ।
सो परियोजनाअन्तर्गत वैदेशिक रोजगारीबाट फर्केकालाई स्वरोजगारसम्बन्धी कार्य गर्न रू तीन लाख ऋण दिने गरेको छ भने वैदेशिक रोजगारीमा जानेलाई रू एक लाख ५० हजार ऋण सुविधा उपलब्ध गराउँदै आएको छ । छलफल कार्यक्रमा नेपाल एसबीआइ बैंक जनकपुरका प्रमुख दीपेन्द्र ठाकुर र परियोजनाका प्रदेश प्रमुख मोहम्मद साविरले विनाधितो ऋण प्रवाह सहजीकरण, सरकारको अवधारणा, दक्ष जनशक्ति उत्पादन, सीपको उपादेयताबारे जानकारी गराएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस