काठमाडौँ – खाने तेलको भाउ लिटरमा पाँचदेखि १० रुपियाँसम्म घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनको क्रममा तेलको अधिकतम खुद्रा मूल्य (एमआरपी) प्रतिलिटरमा न्यूनतम पाँच र अधिकतम १० रुपियाँसम्म घटेर आएको जनाएको छ । विभागका अनुसार एक सातायता सबै ब्रान्डले नयाँ प्रिन्टमा तेलको एमआरपी घटाएर बजार पठाएका छन् ।
दशैँयता प्रतिलिटर ६० रुपियाँसम्म तेलको भाउ बढेपछि विभागले उद्योगीलाई मूल्य बढ्नुको कारण पेस गर्न निर्देशन दिएको थियो । तेलको विषयमा विभागले उद्योगीलाई पटक–पटक बढ्नुको कारण पेस गर्न व्यापारीलाई निर्देशन दिएपछि उद्योगीले केही भए पनि भाउ घटाएका हुन् । खाने तेल उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थको भाउ घटेका कारण तेलको भाउ घटेको हो । तथापि उपभोक्ताले भने तेलको भाउ घटेको अनुभूति गर्न पाएका छैनन् ।
कच्चा पदार्थको मूल्य बढेको हल्ला हुने बित्तिकै भाउ बढाउने उद्योगीले घटाउने बेलामा भने स्टकका नाममा अल्मल्याउने परिपाटीका कारण कच्चा पदार्थ घटे पनि उपभोक्ताले राहत नपाएका हुन् ।
उपभोक्ता अधिकारकर्मीले सरकारले अनुगमन गरेर तेलको भाउ घटाएको दाबी गरे पनि उपभोक्ताले राहत पाउने गरी भाउ घट्न नसकेको बताउँदै आएका छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चमा अध्यक्ष माधव तिमल्सिनाले प्रतिलिटर ६० रुपियाँ बढाएर पाँच÷दस रुपियाँ घटाउँदा मख्ख पर्ने सरकारका निययमनकारी निकाय नै उपभोक्ताप्रति जिम्मेवार नभएको पुष्टि हुने बताउनुभयो । तेलको भाउ घटेको लगभग १५ दिन भइसके पनि उभपोक्ताले घटेको अनुभूति गर्न नभएको र त्यस विषयमा विभागले अनुगमन नगरेको उहाँको दाबी छ ।
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार अधिकांश उद्योगीले यसअघि तोकिएको तेलको एमआरपीमा पाँच, सात र दस रुपियाँ घटाएका छन् । सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले साना पसलमा यसअघि नै खरिद गरेको तेल रहेकाले पुरानै मूल्यमा बिक्री गरे पनि नयाँ प्रिन्ट र एमआरपीको तेल आएपछि त्योभन्दा बढाएर बिक्री गर्न नमिल्ने बताउनुभयो ।
लिटरमा ६० रुपियाँ बढाएर सात÷दस रुपियाँ मात्रै घटेर नहुने भन्दै उहाँले भन्नुभयो यसअघि बढेकोमा पाँच÷दस रुपियाँबाहेक सबै घट्नुपर्छ, हाल तेलको माग पनि सामान्य छ ।
अहिले तेलको भाउ घटनु बाहिरबाट आयात हुने कच्चा पदार्थ घटेर नभई भारतमा निर्यात हुँदै आएको तेल रोकिएसँगै सस्तो भएको उहाँको बुझाइ छ । अध्यक्ष श्रेष्ठले भन्नुभयो, कच्चा पदार्थ सस्तो हुने बित्तिकै त तेलको भाउ धेरै तल आउँछ, अहिले त भारत निर्यात रोकिएर हो । नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले तेलको घटेको हल्ला आए पनि खुद्रा व्यापारीले घटेको अनुभूति गर्न नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, हल्ला आएअनुसार त अहिलेसम्म घटिसक्नु पर्ने हो तर अहिलेसम्म थोक व्यापारीले घटाएका छैनन् ।
विभागका निर्देशक शिवराज सेढाईंले प्रतिकार्टोन दुई हजार एक सयबाट घटाएर एक हजार नौ सय रुपियाँ पु¥याएको पाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, तेल घट्यो भनेर मात्रै हुँदैन, घटनुपर्ने जति घटे वा नघटेको विषयमा हेर्छौं, नघटाउनेलाई कारबाही हुन्छ ।
विभागले माघको तेस्रो साता खाने तेलको अस्वाभाविक मूल्य बढाउने बारा जिल्लामा सञ्चालित अन्नपूर्ण भेजिटेवल प्रालि र महालक्ष्मी सोल्भेन्ट एन्ड रिफाइनी प्रालिलाई तीन÷तीन लाख रुपियाँ जरिवाना गरेको थियो । तेल उद्योगीले विभागमा पेस गरेका विवरण अध्ययन गर्दा ती उद्योगीले पेस गरेका विवरणको तुलनामा बिक्रीका लागि बजारमा पठाएका तेलको अधिकतम खुद्रा मूल्य (एमआरपी) बढी तोकेको पाइएपछि कारबाही गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस