वीरगञ्ज – नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार र निजी क्षेत्रबीचको सहकार्यले मुलुकमा छोटो समयमै समृद्धि हासिल हुने बताउनु भएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई कार्यभार हस्तान्तरण समारोहलाई शुक्रबार वीरगञ्जमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले तीनवटै तहका सरकारले निजी क्षेत्रसँग सघन रूपमा सहकार्य गर्नु आवश्यक रहेको धारणा राख्नुभयो ।
ढकालले प्रदेश २ मा लगानीको अवसर पनि भएको र वातावरण पनि बन्दै गएको उल्लेख गर्दै यसमा निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्न प्रदेश-२ सरकार र वीरगञ्ज उपमहानगरपालिकालाई आग्रह गर्नुभयो ।
वीरगञ्जलगायत कतिपय स्थानीय तहका जनप्रतिनिधिको पृष्ठभूमि उद्योग व्यवसाय नै रहेको स्मरण गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रका समस्या बुझ्नसक्ने राजनीतिक नेतृत्व नै सफल हुने बताउनु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघले भिजन पेपर २०३० ल्याउन लागेको र त्यसमा आउँदो १० वर्षभित्र २२ लाख नयाँ रोजगारी सिर्जना गर्दै अर्थतन्त्रको आकार १ सय खर्ब पुर्याउने लक्ष्य राखिएको जानकारी दिँदै यसको कार्यान्वयनका लागि वीरगञ्ज उद्योग वाणिज्य संघजस्ता संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।
व्यावसायिक मुद्दामा वीरगञ्ज उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिएको उहाँले बताउनुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस