काठमाडौँ- सेयर बजारमा साताको अन्तिम दिन एक महिना यताकै न्युन कारोबार भएको छ । बिहीबार ११ अर्ब रुपैयाँ भन्दा कम मूल्यको सेयर किनबेच भएको हो ।
यो कारोबार रकम १ दिन बाहेक पछिल्लो एक महिना यताकै सबैभन्दा कम हो । पछिल्लो एक महिनाको अवधिमा दुई हप्ता अघि एक दिन मात्रै आठ अर्ब रुपैयाँको मात्रै सेयर किनबेच भएको थियो । तथ्याङ्क अनुसार बाँकी सबै कारोबार दिनमा ११ अर्ब रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।
यस्तै लगातार दोस्रो दिन बजार घटेको छ। बुधबार ५२ अंकले घटेको नेप्से बिहीबार थप १.३० अंकले घटेर नेप्से सूचक २९६८ बिन्दुमा रोकिएको छ ।
५१ वटा कम्पनीमा लगानी जोखिम रहेको बिहीबार धितोपत्र बोर्डले विवरण सार्वजनिक गरेपछि ६ वटा उपसमूह हरियो हुँदा ७ वटा उपसमूहमा रातो पोतिएको छ ।
आज विकास बैंक समूह ९४ अंकले बढेको छ भने लघुवित्त समूह ६४ अंकले घटेको छ। त्यस्तै बिहीबार कुनै पनि कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटबढ भएन् ।
खानीखोला हाइड्रोपावरको सेयर सर्वाधिक ७ प्रतिशतले बढेको छ। यस्तै सिइडीबी हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशतले घटेको छ।
आज नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक ७७ करोड रुपैयाँको सेयर किनबेच हुँदा नेशनल हाइड्रोपावरको ३० करोड, नेपाल इन्स्योरेन्सको २७ करोड र निफ्राको २४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । २२३ कम्पनीको २ करोड ३ लाख ६६ हजार कित्ता सेयर १० अर्ब ९० करोड रुपैयाँमा किनबेच भएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस