काठमाडौँ- जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज आइपीओ बाँडफाँट भएको हो । यस आइपीओमा गोला प्रथा मार्फत् १ लाख ८४ हजार ८०१ जनाले सेयर हात पारेका छन् । जसमध्ये जसमध्ये १ लाख ८४ हजार ७९६ जनालाई १० कित्ता र ५ जनालाई ११ कित्ताका दरले सेयर दिइएको छ । कम्पनीले सर्वसाधारणलाई १८ लाख ४८ हजार १५ कित्ता सेयर बाँडफाँट गरेको हो ।
जीवन विकासले असार ११ गतेदेखि १५ गतेसम्म कुल १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेकामा ० दशमल ५ प्रतिशत अर्थात् ३० हजार ४२० कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात् ९८ हजार ८६५ कित्ता म्युचुअल फन्डका लागि छुट्याएको थियो । यस आइपीओमा हालसम्मकै उच्च आवेदन परेको छ । बिक्री प्रबन्धकका अनुसार कुल २० लाख ८७ हजार ३१७ जना लगानीकर्ताले आवेदन दिएकामा २० लाख १८ हजार ३०८ जनाको आवेदन मात्र योग्य ठहरिएको छ । ६९ हजार ९ जना लगानीकर्ताको आवेदन रद्द भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस