काठमाडौँ- आज बुधबारदेखि मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) निष्काशन भएको छ ।
लघुवित्तले जारी पूँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशनमा ल्याएको हो ।
कुल सेयरमध्ये ५ हजार ४६९ कित्ता सेयर कर्मचारीलाई १९ हजार ६८८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सेयर विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने जनाएको छ ।
लघुवित्तको आईपीओमा प्रतिसेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । पिछल्लाे समय मागभन्दा धेरै आवेदन पर्ने र गाेलाप्रथामार्फत सेयर बाँडफाँट गरिने भएकाले १० कित्तामात्र आवेदन दिँदा उचित हुने देखिन्छ ।
विक्री प्रबन्धकले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरको वेब साइट तथा एपमार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिने जनाएको छ ।
लघुवित्तको आईपीओमा साउन २७ गतेदेखि ३१ गतेसम्म आवेदन दिन सकिनेछ । निर्धारित अवधिमा माग अनुसार आवेदन नपरे भदौ ९ गतेसम्म म्याद थप हुने विक्री प्रबन्धकको भनाइ छ ।
हाल लघुवित्तको जारी पूँजी १० करोड रुपैयाँ र चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ।आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।
लघुवित्तको आईपीओलाई केयर रेटिङ नेपालले ‘केयरएनपी सिंगल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस