काठमाडौँ- चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति आज नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने भएको छ ।
मौद्रिक नीति पास गर्न अहिले राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसिरहेको एक सञ्चालकले जानकारी दिएका छन् । उनले सञ्चालक समितिबाट पास भएपछि आजै अपराह्न ४ बजे गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्ने बताएका छन् ।
मौद्रिक नीति राष्ट्र बैंकको सञ्चालक समितिबाट पास गर्नुपर्ने व्यवस्था छ । गभर्नर अधिकारी अध्यक्ष रहेको सञ्चालक समितिमा अर्थसचिव मधुकुमार मरासिनी, डेपुटी गभर्नरद्वय निलम ढुंगाना र बमबहादुर मिश्रलगायत सदस्य छन् ।
गत आर्थिक वर्षको मौद्रिक नीति साउन २ गते सार्वजनिक भएको थियो । यस वर्ष सरकार परिवर्तन भएका कारण मौद्रिक नीति ल्याउन ढिलाइ भएको हो । पूर्ववर्ती सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट प्रतिस्थापन गर्ने तयारीमा अर्थ मन्त्रालय लागेका कारण मौद्रिक नीतिमा ढिलाइ भएको बताइएको छ ।
तर, मौद्रिक नीति ढिलाइ गरिँदा समग्र वित्तीय तथा आर्थिक क्षेत्र प्रभावित हुने भन्दै अर्थविद्हरुले आलोचना गरिरहेका छन् । उनीहरुले राष्ट्र बैंकको स्यायत्ततामाथिसमेत प्रश्न उठेको बताइरहेका छन् । सार्वजनिक रुपमा आलोचना बढ्न थालेपछि मौद्रिक नीति तत्काल सार्वजनिक गर्न राष्ट्र बैंकलाई दबाब परेको थियो ।
अर्थमन्त्री जनार्दन शर्माले ‘ग्रिन सिग्नल’ दिएपछि राष्ट्र बैंकले आजै मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंक स्रोतले बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस