काठमाडौँ- आज मंगलवारदेखि न्यादी हाइड्रोपावर लिमिटेडले आईपीओ निस्कासन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर १ सय अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानीय बासिन्दा तथा संस्थापक सेयरधनीहरुलाई विक्री गर्न लागेको हो ।
प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका–३, ६, ७ र ८ का स्थानीय बासिन्दाका लागि ५ लाख कित्ता र सो क्षेत्रबाहेक लमजुङभरका स्थानीय बासिन्दाहरुका लागि १० लाख कित्ता सेयर विक्री गर्न लागेको हो ।
बाँकी ३ लाख कित्ता भने कम्पनीले आफ्ना संस्थापक सेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत् विकास कम्पनीका कर्मचारीका लागि विक्री गर्नेछ । यो आईपीओ छिटोमा भदौ १५ गतेसम्म विक्रीमा रहनेछ ।
यस अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ ३० गतेसम्म विक्रीमा हुने विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ रहेको छ ।
विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि एनएमबी बैंकको बेशीसहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आईएमई बैंकको बेशीसहर, उदिपुर, दोर्दी, भोर्लेटार, सुन्दरबजार र भोटेओडार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । कम्पनीका संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुले कम्पनीको कार्यालय, बुद्धनगरबाट आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
यस आयोजनको निर्माण लागत अनुमानित रू. ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार रहेको छ । हाल कम्पनीमा संस्थापक सेयरधनी समूहबाट चुक्ताभएको ७३ प्रतिशत स्वामित्व रू. १ अर्ब ९ करोड ५० लाख रहेको छ । कम्पनीले संस्थापक सेयरधनी तथा कर्मचारी र स्थानीय सहित सर्वसाधारणमा २७ प्रतिशत सेयर विक्री गर्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस