काठमाडौँ- आज बुधबार न्यादी हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको आईपीओ बाँडफाँट हुँदै छ । न्यादीले भदौ १ गतेदेखि १५ गतेसम्ममा पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि १५ लाख र कम्पनीका कर्मचारीलाई ३ लाख कित्ता आइपीओ जारी गरेको थियो ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले सोही सेयर आज बाँडफाँट गर्न लागिएको जनाएको छ । यसमा अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नं ३, ६, ७ र ८ का स्थानीयलाई ५ लाख कित्ता र लमजुङ जिल्लाको अन्य क्षेत्रमा बस्ने स्थानीयलाई १० लाख कित्ता सेयर छुट्याएको थियो ।
कम्पनीको आईपीओमा ३८ करोड ६२ लाख ४४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोेबल आइएमई क्यापिटलका अनुसार १५ हजार ३६८ जनाले ३८ लाख ६२ हजार ४४८ कित्ताका लागि आवेदन दिएका हुन् ।
न्यादीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको अनुमानित लागत ६ अर्ब ११ करोड ७० लाख ५५ हजार रुपैयाँ रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस