बुटवल-रुपन्देहीको मोतीपुरस्थित प्रस्तावित औद्योगिक क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । बुटवल उपमहानगरपालिका–१७ मोतीपुरमा औद्योगिक क्षेत्रको चार सय बिगाहा जग्गा अहिले नै अतिक्रमण भैसकेको पाइएको छ ।
औद्योगिक क्षेत्रको जग्गा सुकुम्बासीले पाउने भन्दै रकम उठाएर आफुखुसी कित्ताकाँट चलिरहँदा पनि प्रशासन भने मौन छ । एमाले बुटवल उपमहानगर कमिटीले विज्ञप्ती नै जारी गरेर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण हुँदा पनि प्रशासन मौन बसेकोमा आपत्ति जनाएको छ ।
एमाले बुटवल उपमहानगर कमिटीका अध्यक्ष बाबुराम पन्थीले जारी गरेको विज्ञप्तीमा औद्योगिक क्षेत्र स्थापना रोक्ने उद्देश्यले अतिक्रमण भइरहेको र यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भने कुनै पनि सार्वजनिक जग्गा कब्जा गर्न नदिने बताए । यसका लागि राजनीतिक दलहरूसँग छलफल र समन्वय भइरहेको उनले बताए । उनले मोतिपुर क्षेत्रमा भइरहेको अवान्छित गतिविधिलाई छिट्टै अन्त्य गरिने उल्लेख गरे । त्यहाँ भइरहेको टहरा पटकपटक हटाइएको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय बुटवलका प्रमुख निमेश अधिकारीले मोतीपुर क्षेत्रमा अतिक्रमणका गतिविधि बढ्दै जाँदा त्यस क्षेत्रको विकासमै असर पुग्ने चिन्ता व्यक्त गरे । औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माणलगायतका बाँकी काम अघि बढाउन राजनीतिक दल तथा यहाँ संघ–संंस्थाहरूको साथ आवश्यक रहेको उनले बताए ।
गत २१ फागुनमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेल तथा उद्योग मन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए । स्थानीयको विरोधका बाबजुद सुरक्षा घेरामा शिलान्यास गरिएको औद्योगिक क्षेत्रमा अवरोध सिर्जना हुँदा योजना अलपत्र पर्ने जोखिम बढेको छ ।
साविकको बुटवल नगरपालिका, टिकुलीगढ़ गाविस, आनन्दवन गाविस र फर्साटिकर गाविसका केही भाग (हाल बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन गाउँपालिका) चार किल्ला तोकी आठ सय १३ बिगाहामा मोतीपुर औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो । यसैगरी १२ वैशाख ०७३ मो रुपन्देहीको मोतीपुरसहित बाँकेको नौबस्तालाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने निर्णय गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस