विराटनगर- आगामी आर्थिक वर्षका लागि प्रदेश १ सरकारले ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
२०७९।८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बजेट विनियोजन आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले गरेका हुन् । निर्वाचन क्षेत्र विशेष कार्यक्रमका लागि ९० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
निर्वाचित र समानुपातिक सांसदका लागि समान रकम विनियोजन गरिएको छ । प्रदेशमा रहेका ९० जना सांसदले १ करोडका दरले आफ्ना निर्वाचन क्षेत्रमा खर्च गर्ने गरी बजेट विनियोजन गरिएको हो ।
स्वास्थ्य क्षेत्रमा ३ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । मन्त्री आङ्बोले प्रदेशमातहतका अस्पतालहरूको स्तरोन्नति गरिने भएको छ। त्यसका लागि २५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको जनाएका छन् । एक वडामा एक बर्थिङ सेन्टरका लागि ४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
मोरङको उर्लाबारी-३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पतालमा तथा ट्रमा सेन्टरको स्तरोन्नति गरिने भएको छ । यसका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। झापाको मेची अस्पतालमा न्यूरो सर्जरी सेवा शुरु गर्नका लागि पनि बजेट विनियोजन गरिएको छ ।
बजेटको पूर्ण पाठ
[pdf-embedder url=”https://www.hotpati.com/wp-content/uploads/2022/06/आर्थिक-सर्वेक्षण-२०७८-०७९-pradesh-1.pdf” title=”आर्थिक-सर्वेक्षण-२०७८-०७९ pradesh 1″]
[pdf-embedder url=”https://www.hotpati.com/wp-content/uploads/2022/06/Budget-Speech-2079-pradesh-1.pdf” title=”Budget-Speech-2079 – pradesh 1″]
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस