भोजपुरे जनताले अपर अरुण हाईड्रो ईलेक्ट्रिक लिमिटेड निर्माणमा २५ अर्ब लगानीको प्रतिबद्धता जनाएको छ । १०६१ मेगावाट विद्युत उत्पादन क्षमता रहेको अपर अरुणमा आफूहरुले पनि लगानी गर्न पाउनु पर्ने माग गर्दै प्रदेश नंबर १ का पूर्व मुख्यमन्त्री शेरधन राईले अपर अरुण हाईड्रो ईलेक्ट्रिक लिमिटेडका सिईओ ईन्जिनियर फडिन्द्र जोशी र प्रोजेक्ट म्यानेजर ई. रामचन्द्र पौंडेललार्ई ज्ञापन पत्र बुझाउनुभएको हो ।
आईतबार अपर अरुण हाईड्रो ईलेक्ट्रिक लिमिटेडको कार्यलयमा सो पत्र बुझाईएको हो । नेपाल सरकारको स्थानीयलाई हाईड्रोमा लगानी अवसर दिने निति अनुसार भोजपुरवासीका लागि २५ अर्बको शेयर जगेडा पाउनुपर्ने मागमा उल्लेख छ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य उमेशजंग रायमाझी, भोजपुर सेवा समाजका अध्यक्ष पासाङ दोर्जी शेर्पा, दावाली मिलन कल्वका अध्यक्ष रोशन श्रेष्ठ, भ्एब्ल् का सदस्य तथा हाईड्रोपावर अभियन्ता सैंलेन्द्र गुरागाई, ईन्जिनियर लिलामणि पाठक, इसुवा इनर्जी प्रा.लि.का विक्रम विष्ट, युवा उद्यमी राजकुमार कार्की, ऐश्वर्य श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
संखुवासभा र भोजपुरको बीचबाट वग्ने अरुण नदिमा नेपाल विद्युत प्राधिकरणले अनुमति लिई अध्ययन अगाडी वढाएको छ । सन २०३० सम्म आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको अपर अरुण हाईड्रो ईलेक्ट्रिक लिमिटेडका सिईओले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस