नेपालीहरु कामाउन कहिलेदेखि बिदेशिन थाले भन्ने एकिन तथ्य नपाइए पनि केहि बिश्लेषक लेखकहरुले बैदेशिक रोजगारीमा जाने पहिलो नेपालीको रुपमा अरनिकोलाई मानेका छन् । पाटनमा जन्मेका यिनले चीनमा गएर आफ्नो वास्तुकलाको श्रम देखाएका थिए । उनिपछि नेपाली कामदारहरु भारतका विभिन्न प्रान्तहरु पन्जाव , गुजरात , दिल्ली र बम्वई लगायतका अन्य शहरहरुमा पुगेर काम गर्ने गरेको जानकारी पाइन्छ । नेपालीहरु बैदेशिक रोजगारीमा सन् १८१४ र १५ देखि गएको मानिन्छ । दोश्रो विश्वयुद्धताका भारतको इन्टइण्डिया कम्पनीले ४ हजार ६ सय ५० नेपाली युवाहरुलाई बेलायतको तर्फबाट लडाई लड्न भर्ति गरेको थियो । त्यो नै औपचारिक रुपमा नेपाली कादारको लागी पहिलो बैदेशिक रोजगार मान्ने गरिन्छ । यसरी शुरु भएको बैदेशिक रोजगारीको ईतिहास आज नेपालले बैदेशिक रोजगारीका लागी विश्वका करिब १ सय १० मुलुकमा रोजगारीको गन्तव्य स्थल बनाएको छ । यी मुलुकहरु मध्ये कोरिया धेरै युवाको रोजाईमा पर्ने देश हो ।
दक्षिण कोरियामा नेपालीहरु सन् १९८५ तिर बेलायती सेनामा कार्यरत सैनिक जवानहरु पुगेको अनुमान गरिएको छ । त्यस्तै बिद्यार्थीहरु सन १९८६,८७ बाट प्रवेश गर्न शुरु गरेको पाईन्छ । सर्वसाधारण भने सन् १९८८ मा भएको ओलम्पिकका बेला पर्यटक र अराईभल भिसामा धेरै संख्यामा प्रवेश गरेका थिए । त्यसरी गएका नेपालीहरु बिभिन्न कम्पनीहरुमा काम गर्न थाले । सन १९९३ को नोभेम्बर २४ बाट लागु भएको औद्योगीक प्रशिक्षण प्रणालीबाट करिब ५ हजार नेपाली युवा कोरिया प्रवेश गरेका थिए ।
कोरियामा बिदेशी कामदारको इतिहास भने सन् १९८७ बाट शुरु भएको मानिन्छ । यो बर्ष गाङनाम क्षेत्रका केहि सम्भ्रान्त परिवारले फिलिपिन्सबाट कामदर झिकाएर घरेलु काम लगाएका थिए । सम्पन्न परिवार बसोबास गर्ने क्षेत्र मानिएको गाङनाम घरेलु कामदार राख्ने एउटा प्रतिष्ठा जस्तै बनेको थियो तर यो प्रथा लामो समयसम्म चलेन । बरु औद्योगीक बिकाससंगै यो क्षेत्रमा बिदेशी कामदारको आवश्यकता बढ्दै गयो । तेश्रा राष्ट्रपति पार्कजङ हिले निर्माण्ँ गरेको भौतिक पूर्वाधारको बिकासले सन १९८० पछि कोरियामा तीब्र रुपमा औद्योगीक बिकास शुरु भयो । साना,ठूला सबै खालका उद्योगहरु दिनरात चल्न थाले भने ती उद्योगहरुमा अदक्ष र निम्नस्तरको कामदारको आवश्यकता बढ्दै गयो । यो आवश्यकता सन् १९९० तिर एराइभल भिसामा प्रवेश गरेका लगायत अन्य बिकासन्मोख देशका नागरिकहरुले पुरा गरे पनि पर्याप्त थिएन ।
सन् १९९१ सम्ममा एराइभल र पर्यटकका रुपमा छिरेका बिदेशीको संख्या ४५ हजार पुगेको थियो । यस्ता कामदारको तलव, सुबिधा र औद्येगीक दुर्घटनामा परेकालाई दिनुपर्ने क्षतिपूर्तिबारे कुनै नियम कानुन थिएन । तर पनि विभिन्न खालका उधोगहरुमा यस्ता कामदारको माग अझ बढ्दै गयो । यी सबै अवस्थालाई अध्ययन गरेर राष्ट्रपति रो थे उ नेतृत्वको सरकारले तत्काल २० हजार औद्योगीक प्रशिक्षार्थी माग गर्ने निर्णय गर्दै जापानी मोडेल अनुसारको औद्योगीक प्रशिक्षण प्रणाली सन १९९३ को नोभेम्बर २४ मा लागु गर्यो । १९९३ को डिसेम्बरमा सत्ता सम्हालेका राष्ट्रपति किम योङ सामले समेत कोटा अझ बढाउदै लगे । सन् २००२ सम्ममा यस्ता प्रशिक्षार्थीहरुको संख्या ८९ हजार पुगेको थियो । सन् २००४ बाट रोजगार अनुमति प्रणाली लागु गरिएको हो । सन् २००७ जुलाई ३१ मा नेपाल र कोरियाबिच एमओयूमा हस्ताक्षर भएपछि लागु भए यता ४८ हजार बढि नेपाली युवाहरु कोरिया प्रवेश भएका छन् । यस प्रणलीबाट कोरिया पुग्ने नेपालीको संख्या हरेक बर्ष बढि रहेको छ ।
बैदेशिक रोजगारीका लागि अन्य मुलुक जाने भन्दा कोरिया जाने नेपाली युवाहरुको अवस्था फरक रहेको धेरैको दावी छ । उनीहरुले दिनननुदिन बिकासको गति मारिरहेको कोरियालाई प्रत्यक्षरुपमा अनुभव गरिरहेका छन् । एक प्रकारले हेर्न हो भने कोरियामा रहेका वा पुगेर पर्केका प्रत्येक नेपालीहरु कोरियाली बिकासको साक्षी हुन् । कोरियाले जुन बिन्दुबाट बिकास शुरु गर्यो अहिले नेपालको अवस्था त्याहि बिन्दुमा रहेको छ । यो अर्थमा नेपाली युवाको कोरिया अनुभव महत्वपूर्ण रहेको प्रमाणित हुन्छ ।
कोरियाको बिकास र सेमाउल उन्दोङ (नयां सामुदायिक अभियान)को सम्बन्ध नङ र मासुको जस्तै सम्बन्ध रहेको छ । कोरियामा सेमाउल उन्दोङ सन् १९३२ बाट कीम योङ कीले शुरु गरेका हुन् । उनले ’काम नगर्ने भए बरु खाना नै नखाऊ’ भन्ने नारासाथ सुरु गरेका थिए । उनले यो अभियान शुरु गर्दा कोरिया जापानी उपनिबेशमा शासित भइरहेको थियो । जापानी सेना र शाशकहरुले कोरियाली जनता र माटोलाई अन्याय,दमन र दोहन गरिरहंदा पनि राष्ट्रबिकासका लागि महान चिन्तन गर्ने कीम योङ कीको ’काम नगर्ने भए बरु खाना नै नखाऊ’ भन्ने नारा अहिले पनि उतिकै मननयोग्य छ । यो भनाइ हरेक नेपालीले नेपालीहरुले ढिला नगरी खोज्नु बुझ्नु पर्ने बेला भएको छ ।
किमको यो अभियानलाई तात्कालीन राष्ट्रपति पार्क जङ हीले सन् १९७० अप्रिल २२ मा सरकारी मान्यता दिएका थिए । ’गाउको विकासबाट मात्र देशको विकास सम्भव हुन्छ’ भनेर राम्ररी बुझेका दूरदशी शासक पार्कले यो अभियानलाई बिकासका लागि साधन बनाए । दूरदर्शी राजनेता थिए पार्क जङ हीले उनको त्यो महानतालाई कोरियाको वर्तमान पुस्ताले कदर गरेका छन् ।
अहिले सेमाउल उन्दोङ अहिले संसारभरिका बिकासन्मोख देशहरुमा अभियानका रुपमा लागु भइरहेको छ । नेपालमा सन् २००३ मा प्रारम्भ भएको हो । डा. नवराज पन्तको प्रयासमा यो अभियान शुरु भएको हो । यो अभियानले अहिले चितवन,धादिङ र काठमाण्डौं विभिन्न परियोजनाहरु संचालन गर्दै आएको छ भने ४४ जिल्लाका ५ हजार जनालाई अगुवा कार्यकर्ता तालिम दिइसकिएको छ । त्यस्तै १ सय ५० जना भन्दा बढी निजामति कर्मचारी, योजनाविद,प्राध्यापक,पत्रकार,शिक्षक,किसान र सामाजिक कार्यकर्तालाई कोरियामा पुर्याएर ताालिम दिइएको छ । यो नेपालका लागि सबैभन्दा महत्वपूर्ण उपलब्धी मान्न सकिन्छ ।
सेमाउल उन्दोङ नेपालको अभियानमा कोरियाबाट फर्केका नेपाली युवाले प्रत्यक्ष सहयोग वा योगदान गर्नसक्ने देखिन्छ । उनीहरुले कोरियाको सामाजिक बिकासमा सेमाउल उन्दोङको प्रभाव धेर थोर देखेर भोगेर आएकै हुन्छन् । तसर्थ उनीहरुले आर्जन गरेको ज्ञान,सीप र धन सामुदायिक अभिमुखिकरकण मार्फत देश बिकासमा योगदान गर्ने संभावना प्रचुर रहेको छ ।
सेमाउल उन्दोङको मूल मर्मलाई अझ प्रभावकारी बनाउने हो भने रोजगारीका लागि कोरिया जान लागेका नेपाली युवालाई तालिम केन्द्रहरुमा यसबारे जानकारी गराउनु पर्दछ । अथवा कोरियाको बिकासमा सेमाउल उन्दोङको भूमिकाबारे जानकारी गराउनुपर्दछ र कोरिया प्रवेश गरेपछि पनि सेमाउलको गतिबिधिमा संलग्न गराउन प्रेरित गरे काम गरेर बचेको समयमा अतिरिक्त समयमा सेमाउल गतिविधिमा संलग्न हुने वातावरण सिर्जना गराईदिनु पर्दछ । त्यसैगरि कोरिया मै रहेको ब्यावसायी,बिद्यार्थी र अन्यलाई पनि यो अभियानमा समाहित गर्नुपर्दछ ।
कार्यावधि पुरा गरेर कोरियाबाट फर्केका नेपालीहरुलाई ईपीएस शाखाले समन्वय गरेर उनीहरुले प्राप्त गरेको सामुदायिक बिकासको सीप,ज्ञान र अनुभवलाई सदुपयोग गर्ने वातवरण सिर्जना गर्नुपर्दछ । कोरियाबाट फर्केका नेपाली कामदारहरुको संगठित संस्था ‘अंकुर’ र माइग्रेन्ट एशोसिएसनसंग समन्वय गरेर सेमाउल उन्दोङको गतिविधिमा समावेश गराउनु पर्दछ । ‘अंकुर नेपालले’ कोरियाबाट फर्केका नेपाली युवाहरुको तथ्यांक संकलन गरेर अद्यावद्यि राखेको हुनाले सेमाउल उन्दोङ कार्यक्रम र परियोजनाहरुमा उनीहरुलाई परिचालन गर्न सहज देखिन्छ । कोरियामा रोजगारि गर्न जाने महिलाहरुको संख्या बढिरहेको छ । कुनै अभियान सफल बनाउन महिलिाको भूमिका मुख्य रहने भएकाले सेमाउल उन्दोङको अभियानमा महिहरुलाई सहभागि गराउन पनि उतिकै जरुरी देखिन्छ ।
कोरिया अहिले बिकसित भईके पनि सेमाउल उन्दोङ (नयां सामुदायिक अभियान) कार्यक्रमलाई त्यागेको छैन । उस्ले निजामती र संस्थानका कर्मचारीहरुलाई अनिवार्य यस सम्बन्धी तालिम दिईरहेको छ । हालसम्म ३६ लाख भन्दा बढि नागरिकलाई तालिम प्राप्त बनाइसकेको छ । गाउं गाउंमा कार्यक्रमहरु प्रवाह गरिरहेको छ । सरकारी तवरबाटै सेमाउल उन्दोङको प्रचार प्रसार भइरहेको छ । हरेक सडकको किनार र चोकहरुमा सेमाउल उन्दोङ लोगो अंकित झण्डाहरु फहराई रहेका छन् । यो अभियानको अक्षरश पालना गरे नेपालको बिकास नेपालीको समृद्धि लागि अचुक मन्त्र हुनसक्ने देखिएको छ । त्यसैले सरकार,राजनीक दल,कर्मचारि,बिद्यार्थी,पत्रकार, सामाजिक अभियन्ता सबैले आआफ्नो गाउमा ढिला नगरी यो अभियान शुरु गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस