सम्माननीय प्रधानमन्त्री ज्यू , नमस्कार !
कुनै समय महान् बैज्ञानिक ञथोमस् एल्बा एडिसन झ ले बिजुलीको वल्व देखेर संसारलाई उज्यालो बनाउने बिधुतको आविष्कार गरे , राइट ब्रदर झले आकाशमा उडेको चरा देखेर हवाईजहाजको आबिष्कार गरे , ञएलेक्स जेन्डर ग्रामबेल झ ले सँसारलाई नै साँघुरो पार्ने टेलिफोनको आबिष्कार गरे । पूर्व( पश्चिम रेल कुदाउने , सबैको घरघरमा ग्याँस पाइप जोड्ने , कोशीमा पानीजहाज चलाउने जस्ता सपना देख्नु अनावश्यक होईनन् । तर कुनै पनि सपना आफ्नो क्षमता, दक्षता र आवश्यकता अनुसार देख्नु जरुरी छ । अहिलेको परिवेशमा नेपालीले सहज र सुलभ तरिकाले यात्रा गर्न पाउनु , भनेको बेला ग्याँस उपलब्ध हुनु , करिब सानाठूला गरेर ६०० भन्दाबढी रहेका खोला नालाबाट नेपालीलाई आवश्यक पर्ने बिधुत उत्पादन गरेर लोडसेडिङ निर्मुल पार्न सक्नु बढि उपलब्धिमुलक कार्य होला |
प्रधानमन्त्री ज्यू ,
‘धनवानको व्यापार , नङ्गाको भगवान् र भोगको राजनीति हो ।’ तर हाम्रो देशमा जस्ले जति चलखेल गर्न सक्यो ,जस्ले जति पैसा बाड्न सक्यो , जस्ले जनतालाई धेरै भ्रम फैलाउन सक्यो उहीँ नै राजनीतिको अग्रपंक्तिमा छ । विश्वको हरेक इतिहास कालखण्डमा महान राजनितिज्ञहरु जन्मिएका थिए र छन् । उनीहरूको योगदान अतुलनीय छ । जस्तो कि जज वासिङ्टनझ को पहलमा अमेरिका सम्पन्न भो , ञदिङ सि वाङ्दिझ को नेतृत्वमा चीन महान भो , ञबिटुर द गेरेटझ को प्रयासले रसिया विश्वविशाल भो , ञपार्क चुङ ली झ को योगदानमा दक्षिण कोरियाले छोटो समयमा विकासको छलाङ् मार्याे , लिक वान यु झ को सहि रणनीति र कार्ययोजनाले सिङ्गापुर ३० बर्ष भित्र तेस्रो विश्वबाट पहिलो विश्वमा उत्रियो , ञ नेल्सन मन्डेलाझ को तपस्याले अफ्रिकाको अध्यारो हट्यो । दक्षिण अफ्रिका विश्वव्यापारको गन्तव्य बन्यो । नेपालले पनि धेरै राजनितिज्ञहरु जन्मायो । सबैको विवादित नाम लिउँ वा नलिउँ तर पृथ्वीनारायण शाह देखि अहिलेसम्म धेरै राजनीतिज्ञहरु जन्मिएका छन् । कति मारिए कति को टाइमिङ मिलेन भन्छन् । जस्तो कि बि.पी कोइराला र राजा महेन्द्र , मारिएकाको नाम लिदाँ मदन भण्डारी ! अब देशले कहिले स्पष्ट कार्यनीति, नेतृत्व र समृद्ध देशको खाका तयार पारेर देशलाई विकासतिर अग्रसर गर्ने नेता पाउछँ प्रधानमन्त्री ज्यू ? हजुर प्रथम पटक प्रधानमन्त्री हुदाँ भारतको नाकाबन्दीलाई प्रतिवाद गरेर चीनसगँ सम्झौता गरिरहदाँ नेपाली जनताले हजुरको गुनगान गाएकै हुन् । अब देशले सक्षम नेतृत्व गर्न नेता पायो भनेर जनताले हाईहाई गरेका हुन् । तर जुन हिसाबमा हजुरको प्रथम पटकको हाईहाई थियो । त्यो हाईहाई द्रोस्रो पटक प्रधानमन्त्री हुदाँ बाईबाईमा परिणत हुन थालिसकेको छ । जनताले हजुरप्रति गरेका आशाहरु निराशामा परिवर्तन हुन थालिसकेका छन् । हजुरले चुनावको बेला गरेका प्रतिज्ञा , बाचा र कबुलहरु जनताले हास्यास्पद उखानटुक्का का रुपमा लिन थालिसकेका छन् । नेपालको इतिहासमा अहिलेको यो बामपंथी दुई तिहाइ सरकार सबैभन्दा शक्तिशाली सरकार हो । विध्यादेवि भण्डारी राष्ट्रपति , के.पी शर्मा ओलि प्रधानमन्त्री ,रामबहादुर थापा(बादल) गृहमन्त्री ,गोभ्रनर डा. युवराज खतिवडा अर्थमन्त्री , प्रदिप ज्ञवाली परराष्ट्रमन्त्री ,गोकर्ण बिष्ट श्रम तथा रोजगार मन्त्री हुदाँ देशले विकासको गति लिन सकेन भने नेपाली जनताले कस्को नेतृत्व हुदाँ र कहिले विकासको अप्रेक्षा गर्ने ?
सम्माननीय प्रधानमन्त्री ज्यू,
पुँजीवादले ढयाप्पै ढाकेको समाज भनौ वा रोजगारको अभाब भनौ देशमा केहि सिप नलागेपछि म अहिले रोजगारको सिलसिलामा दक्षिण कोरियामा छु । म त एउटा प्रर्ति्निधि पात्र मात्र हो । ६० लाख भन्दाबढी युवायुवतीहरु प्रवासी हुन बाध्य छन् । म हजुरलाई एउटा सानो सम्बाद सुनाउन चाहान्छु । आजभन्दा केहिदिन अघि गाउँकै एकजना साथीसँग मेरो भेट भयो । उसले भन्यो , “ खै किन किन छोरी जन्मेपछि हिजोआज मलाई त घर जाऊ जाऊ जस्तै भको छ । काममा मन नि जादैन् यार ! फेरि घर जाऊ भनेपनि रोजगार छैन् । नजाऊ भने छोरीको कलिलो आखाँले बाबु खोजिरहेको छ । बाबाआमाको याद नि सारै आउछँ फेरि उनी नि उता एकलै एकलै म नि यता एकलै एकलै ।“ यो साथीका मनका व्यथा वास्तवमा सबै परदेशी युवाका व्यथा हुन् । भिडियो कल गरेर चित्त बुझाउदै आफ्ना छोराछोरी हुर्केको हेर्नुपर्ने पीडा धेरै परदेशीहरुको छ । छुट्टीमा घर जादाँ सानी छोरीले आफुलाई अँकल भनेर बोलाउदा परदेशीलाई कस्तो हुन्छ होला ? पासपोर्ट च्यातेर मिल्काउदै छोरीलाई छातीमा च्याप्दै छोरी म तिम्रो अँकल होईन् बाबू हो भन्न मन लाग्छ होला । तर के गर्नु हामी त्यो जाबो कागज च्यात्न सक्दैनौं । एउटा युवक आखाँभरि रहर बोकेर परदेश पुग्छ अनि तिनै आखाँभरि आशु र मनभरि यादहरु बोकेर बाचिरहन्छ । कसैका रहरहरु पूरा हुन्छन् त कसैका अधुरा ! कोहि बाकसमा रहर पुरा गर्ने धन बोकेर फर्किन्छन् त कोहि बाकसमा आफ्नै जीन्दगी बन्द गरेर फर्किन्छन् । दैनिक तीन चार जना नेपालीहरु परदेशबाट बन्द बाकसमा फर्किन्छन् ।
बन्द ठुलो बाकसमा
फर्कियो उड्दै आकाशमा
अन्धकार भयो गाउँघर
दियो निभ्दा प्रवासमा !
उसलाई हेर्दै पर्खेको बाटो रुन्छ कि रुदैन् ?
एउटा परदेशी मर्दा माटो रुन्छ कि रुदैन् ?
म जस्तो युवाले आफ्नो देशको स्थायी परराष्ट्रनीति नभएकोमा धेरै चिन्ता गरिन्! देशको आफ्नो राष्ट्रिय सुरक्षानीति नभएकोमा कुनै चिन्ता गरिन्! यो देशको राष्ट्रिय दिन (ल्बतष्यलब िमबथ ) परिचान नभएकोमा चिन्ता गरिन्! यो देशको राष्ट्रिय पोसाक के हो ? राष्ट्रिय खाना के हो ? राष्ट्रिय खेल के हो ? राष्ट्रिय चरा के हो ? भनेर मैले चिन्ता गरिन भने चिन्ता कसले गर्छ ??? अनि पासपोर्ट बोकेर को बाहिर जान्छ ?? यो मेरो पुस्ताको चलन हो । यो मेरो पुस्ताको पीडा हो । यो मेरो पुस्ताको आक्रोश हो । …
यो मेरो पुस्ताको आशु हो र तपाई प्रति शब्दको ज्वाला पनि हो । हामीले सधै यसैगरी शब्दहरुको आक्रोशहरु पोखेर यो देशको विकास हुन्छ भन्न छाडिसकेका छौ किनकि यो देशको उच्चओहदामा रहेर नेतृत्व गर्नहरुसगँ देश विकास गर्ने मानसिकता छैन् , सङ्कल्प छैन् ,देशको प्रेम छैन् । हामी त्यस्तो राष्ट्रियताको पुजा गरिरहेका छौ जहाँँ जनता बिनाकारण मारिएका छन् , फसाईएका छन् । पैसा र राजनीतिक शक्तिको आडमा बलियाले निर्दालाई दबाएका छन् । व्यक्तिको शासन छ, सक्नेले मनपरितन्त्र गरिरहेका छन् । एक घन्टाको सम्बोधनमा नरेन्द्र मोदीले संसदमा भाषण गरेर हामीलाई सम्झाउनुपर्छ हाम्रो राष्ट्रियता ! जुम्लामा जडिबुटी छ , मुस्ताङमा स्याऊ छ , पोखरा पर्यटन का लागि आक्रर्षण गन्तव्य बन्नसक्छ । अझ उनले दिएको थेउरि पनि छ ज्क्ष्त् ( ज्थमचय ( ष्लायचmबतष्यल त्भअजलययिनथ) यो सबै उनको आवाजको घन्ले हाम्रो कानमा ठोकेपछि हामीलाई आफ्नो देशको धेरै माया लागेर आउँछ अनि हामी संसदमा क्या गड(गडले ताली बजाउछौ कसै कसैले त टेबुल पनि ठटाउछौ ।
वा राष्ट्रियता ! वा स्वाभिमान !
हाल-दक्षिण कोरिया
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस