बच्पनमा सुन्ने गरेका प्रसङ्गहरुको अर्थ जवानीमा बुझिने रहेछ। अचेल ती प्रसंग गहकिला र सान्दर्भिक लाग्छन्। प्रसङ्गले आशय वा तात्पर्य बुझाउन सहज हुन्छ। यसो पनि त हो भन्ने बोध गराँउछ।
एक प्रसंग यहाँ कोट्याउनु सान्दर्भिक होला भन्ने लागेको छ। दृष्टिविहीनलाई “हात्ती”बुझाउनुपर्ने भो भने हात्ती छामेर, मुसार्न पठाएर हात्ती के हो भन्ने प्रश्न गरिएछ।
पहिलोले हात्तीको खुट्टा समाएछ र भनेछ हात्ती त केराको थामजस्तो हुँदो रहेछ। दोस्रोले कान समाएर हात्ती त सुपोजस्तो भनेछ। तेस्रोले पुच्छर, चौथोले सुँड, पाचौंले दाँत समाएर आफ्नै ढ्ङले परिभाषित गरेछन्। अब हात्ती पाँचै जनाको बुझाइमा फरक भयो। तर दृष्टि हुनेहरुका लागि हात्ती एकै हो। सानो र ठूलोबाहेक, फरक केही हुँदैन। बस् बूढो र जवान पनि देखिएलान्। ती समयक्रममा भर पर्ने कुरा भए।
यदि यो हात्तीको ठाउँमा नेता वा पार्टीलाई राखियो र सोही प्रश्न गरियो। यी के हुन्? तपाइले दिने उत्तर अब दृष्टिविहीनको हुन्छ या दृष्टिसहितको मनमा नै राख्नु। तर मैले दिने उत्तर तपाईंकै सङ मेल खान्छ। हो, मैले हात्तीलाई फरक परिभाषित गर्दिनँ।किनकि मैले देख्न सक्छु र छुट्याउन सक्छु। मैले यो देखेँ है पनि भन्न सक्छु। हामीमध्ये धेरै दृष्टिसहितका अन्धा छौं। देखेको कुरा पनि भन्न सक्दैनौं। एक अदृश्य डरमा छौं।
अब सत्य बोल्ने दिन आएको हैन र? कि सत्य बोल्दा ठूलै मूल्य चुकाउन पर्छ? आफूले चिनेजानेका नेताको सबै पाटोको अध्ययन नगरी थोरै बुझेको आधारमा पुरै जिम्मा लिने गर्छौ र वकालत गर्छौं। कसैले यो राम्रो, कसैले त्यो राम्रो। फलानो र ढिस्कानो राम्रो आदि आदि।आखिर यसो किन? कैलेसम्म? भावी पुस्तालाई आफूले नसकेको जिम्मेवारीको भारी बोकाउँदै गर्दा, कम्तीमा आफूले गर्न सकिनेसम्मको परिवर्तनको लागि तयार हुनुपर्छ कि पर्दैन?
ठूलो त छोडौं कम्तीमा मान्यतामा पुनर्विचार गर्ने कि! राष्ट्र र राष्ट्रियतामाथि ठूला बहस गर्ने, परिवर्तनको बिगुल फुक्नेको व्यवहार कस्तो छ? आखिर कस्तो समाज निर्माणमा तल्लीन छौं? अब सचेत भएर सही परिभाषित गर्नैपर्छ। सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्छ।हात्ती न त केराको थाम हो न त सुपो नै। दृष्टिसहितको अन्धो नबनौं।
म परदेशमा छु।परदेशमा हुनेलाई देशको चिन्ता अनि नेतृत्वसँग प्रश्न धेरै हुँदा रहेछन्।त्यो किन पनि स्वभाविक रहेछ भने, आफ्नो देशमा रोजगारीको अवसर नभएर अर्काको देशमा काम गर्न परिरहेको छ। आफूले त जसोतसो दु:ख काटौंला तर आगामी पुस्ता जो राष्ट्रको मेरुदण्ड हो, पिल्लर हो ऊ रोजगारीका लागि विदेशिन नपरोस् भन्ने हुन्छ। त्यसैले चिन्ता बढी नै हुँदो रहेछ।
प्रश्न किनभने, राष्ट्र पछाडी पर्नुको कारण सही नेतृत्व नहुनु वा भएकाहरु पनि इच्छाशक्ति नहुनु हो।इच्छाशक्ति भन्दै गर्दा म सोच्छु कहिलेकाँही नेताहरु ठूला-ठूला विकसित मुलुकहरूको भ्रमण गरिरहेका हुन्छन् । सुविधासप्पन्न गाडीमा सवार गरि चिल्ला सडकमा दौडिरहेका हुन्छन्, ठूला आलिसान पाँचतारे होटलमा कार्यकर्ता भेटघाट गरिरहेका हुन्छन्। ती पनि म जस्तै मान्छे हुन्। तिनको मनमा त्यो विकास देख्दा मेरो देश पनि यस्तै बन्नुपर्छ।नीतिनिर्माणको तहमा छु तसर्थ मैले बनाउनपर्छ भन्ने भावना आउँदो होला कि नाई? चसक्क मन पोल्दैन होला र?
संसारमा ठूला-ठूला क्रान्ति भइरहेका छन्। भौतिक संरचना व्यक्त गरिनसक्नुको भैसक्यो।कल्पना बाहिरका आविष्कार सफल परीक्षण भैरहेका छन् हामी अब त्यो बाटोमा धेरै पछाडि परिसकेका छौं। हामी अल्झेका विषयमा कुरा गर्न पनि लाज लाग्ने भैसक्यो तर हामी लाज पचाएर पनि निलिसक्यौं अझै निलेर पनि पखाला लागि सक्यो। विकासको सवालमा हामीमा सन्तुष्ट हुने अवस्था छैन।अत: नेतृत्वमाथि बारम्बार प्रश्न आउछन्। यो अर्थमा पनि नेतृत्व उदासीन देखिन्छन्। यिनीहरुमा इच्छाशक्ति नभएकै हो।
कुनै पनि काम बाहानाले हैन, चाहानाले फत्ते हुन्छ। अझ राष्ट्रनिर्माण त तीव्र चाहानाले। हामी धेरै कारणले तेस्रो विश्व भयौं। हामीबीच धेरै समस्या छन्, दु:ख छन्।तर ध्रुवसत्य कुरा के हो भने जहाँ समस्या छन् त्यहीँ समाधान पनि हुन्छन्। सबैले छलफल गरेको विषय नै समस्या हो। हुनपर्ने त समाधानको पो हो। समाधान के भन्ने बुझ्न समस्या कहाँबाट, कसरी आयो भन्ने कुरा मात्र बुझे पुग्छ धेरै केही गर्न पर्दैन। र यदि इच्छाशक्ति छ भने समस्याको जरो सजिलै पहिल्याउन सकिन्छ।
महत्त्वपूर्ण कुरा त अझ इच्छाशक्तिको स्रोत भनेको चेतना हो। चेतना नै छैन भने त्यो स्तरको सामर्थ्य जुट्दै जुट्दैन। तर त्यसो गर्ने कस्ले? नेतृत्वले यदि हो भने झक्झक्याउन नछोडौं। आगो निभ्न लागेको छ भने हावा दिनुपर्छ, अझ मजाले आगो दन्किनका लागि। नेतृत्वको गुणगान गाएर, भजन गरेर मात्र हुँदैन।उनीहरुलाई सचेत गर्ने काम पनि गरौं। यो कार्यकर्ताको मात्र हैन, हरेक जिम्मेवार नागरिकले पनि गरौं। अन्धोपन छोडौ। खबरदारी गरौं। हाम्राले गरेका कमिकजोरी औलाएर सुधार्न लगाऔं।
हामीले लामो दुरी पार गर्नु छ समृद्धिको गन्तव्यमा पुग्न। साना मसिना कुरामा पनि ख्याल नगरी सानातिना कमजोरी भैहाल्छन् नि भन्दै ती भुलचुक नसुधारे कसरी यात्रा सरल र सहज हुन्छ? प्वाल परेको डुङ्गाले कति सम्म लामोयात्रा गर्ने हो? कति दुरि पार गर्न सकिन्छ? यो नभुल्नु तपाईं डुब्दा तपाईं मात्र होइन, सारा युवाको भविष्य डुब्छ। तपाईंमाथिको भरोसा डुब्छ। सायद तपाईंलाई बोध नहोला, ती परिस्थितिको। तर त्यो डुङ्गा डुब्दा देशै डुब्छ।
भरत बगाले योगी
स्याङ्जा, वालिङ
हाल- युएई
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस