प्युठान- कस्टडीको बसाई लम्बिदै जाँदा पुरै फुर्सदको समयमा केही कल्पना, विगतका संस्मरणहरु आउँदा रहेछन् । तिनै बिगत र हाल चलिरहेको बर्तमानलाई समीक्षा गर्न मन लागेर यो कलम चलाउने कोशिस गरिरहेको छुँ ।
हुनत म त्यस्तो राम्रो लेखक, स्तम्भकार र कुनै विषयमा गहन कलम चलाउन सक्ने व्यक्ति होईन । तैपनि मैले आफ्नै व्यक्तिगत जीवन र यस भित्र सिर्जित पक्ष पाटाका केही विषय सार्वजनिक गर्न लेखको गुणस्तरलाई पनि ख्याल नगरी अगाडि बढाउने अनुमति चाहन्छुँ । म हाल बहुबिवाह गरेको आरोपमा गत आइतवारदेखि प्रहरीको कस्टडीमा रहेको छुँ । मलाई आरोप मेरी श्रीमतीद्वारा अर्को विवाह ग¥यो भन्ने रहेछ ।
गत भदौ १० गते सो मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भई मेरो र आरोपी महिला विरुद्ध वारेण्ट जारी गरिएको जानकारी पाउँदा म काठमाण्डौतिर केही कार्यालयको र केही व्यक्तिगत स्वास्थ्य उपचार पछि रेष्टको अवस्थामा थिएँ । वारेन्ट जारी भैसकेको र मिडियामा र सामाजिक सञ्चालमा एकाएक भाइरल जस्तै बनेको यो मुद्दा बारे मैले विज्ञप्ती जारी गरी आरोप सत्य नभएको र त्यस बारेमा म स्वयम उपस्थित भई अनुसन्धानको पाटोमा सहयोग गर्ने गरी उचित छानविन गर्न अनुरोध पनि गरे ।
आईतवार स्वयम जिल्ला प्रहरी कार्यालय समक्ष हाजिर भएँ । त्यसपछि घटनाले थप तरङ्ग पैदा हुने गरी व्यक्तिको गोपनीयताको पनि कत्ति हेक्का नराखी नाना थरी समाचार सामाजिक सञ्जाल रंगाउने खेल शुरु भएछ । अब कुरा आयो त्यस्ता प्रकृतिका फोटाहरु कसरी मिडिया र समाजिक सञ्जालमा आए त भन्ने बारे । फेसबुकमा पासवर्ड मेरो फोन नम्वर ९८५७८३२३८६ प्रयोग गर्ने गर्थे । मेरो लामो समय नै भयो यो नम्वर राखेको । मेरी श्रीमती धेरैलाई थाहा छ कि विगत ९ वर्ष यता हामीसँग सँगै छैनन् र उनले के गरेर अलग बसेको भन्ने आम प्यूठानीलाई र मेरा उनका शुभेच्छुकहरुलाई थाहा नै छ । त्यसैले मैले गर्ने हरेक क्रियाकलापमा उनीसँग भएका पारिवारिक सदस्य र अन्य उनका हितैषीहरुले मेरो फेसबुकको लक नम्वर भेट्टाएपछि त अरु के चाहियो?
म पार्टीको र अर्कोतिर गाउँपालिकाको कार्यबोझले फेसबुक नै कम चलाउँछु । पासवर्ड प्राप्त पछि श्रीमती लगायत मलाई लाग्छ कम्तीमा उनको ८÷१० जना सर्कलले मेरो फेसबुक चलाइरहेका रहेछन् । उनीहरुले मलाई लाग्छ फेक मान्छे या सद्दे सँग जोडिएका अन्य साथीहरुसँग मलाई बदनाम गर्न सबै कुरा पुरा गरी यो तहसम्म आईपुगेको हो ।
जहाँसम्म फेसबुक च्याट र केही अश्लिल तस्वीरहरु प्रकाशन गरिएको छ ती धेरै जसो फोटोसपबाट बनाइएको छ । मलाई लाग्छ यस्तो अपराधिक समूहले व्यक्तिको चरित्र हत्या गर्ने योजना मुताविक यो प्रहार गरिएको छ । सबैलाई थाहा छ कि म २४ वर्षको उमेर हुँदा २ छोरी भए पछि सन्तान पुग्यो भन्ने सल्लाह अनुसार स्थायी बन्ध्याकरण गरेको मान्छे हुँ । साथै प्युठानको मध्य भाग र केही मेरा र श्रीमतीजीका पनि आफन्तलाई थाहा छ की विष्णु नपुंसक भएको कारण स्थायी नियोजन गरेको ३ वर्ष पछि नै पूर्ण सुखभोग नभए पश्चात घर बिग्रियो । साथै २०६७ सालबाट यता हामी अलग छौ ।
विविध मुद्दा झमेला सँगै (समय) दिन चर्चा चल्दै गर्दा फेसबुकको सहाराले नक्कली कागजात, च्याट र फर्जी डकुमेण्ट मार्फत मुद्दा चलाउन लगाई दुःख दिन सफल देखिन्छिन् श्रीमतीजी । मलाई अनुमान छ उनी यस्ता अझ पनि नक्कली कागजात तयार गरी पुनः नआउलिन भन्न सकिन्न । र बाँकी रह्यो २४ वर्षको चढ्दो जवानी उमेरमा स्थायी नियोजन गर्ने म युवक अब ३८ वर्ष भैसक्दा पूर्ण नपुंसकता भैसकेको मान्छेलाई लान्छनाको पनि हद हुन्छ।
कुनै अन्य ठाउँ नभेटाएर योजनामै फेसबूक भित्र रहस्यमय नाटक रचना गर्ने ? हाल मसँग नाम जोडिएकी युवतीसँग मेरो पुरानै चिनजान हो । हामी राजनीति गर्ने मान्छेहरु हरेक मान्छेको सहयोग आधार चाहिन्छ नै। उनको परिवार कांग्रेसी पुरानै परिवार भएकोले कहिलेकाही घर आउजाउ र काम गर्ने स्थलमा दुःखी बिरामीलाई सहयोग गर्न भन्थे । उनको बुबा कांग्रेसको पुरानै नेता भएकोले पार्टीका नेता कार्यकर्ता आउजाउ त्यति आपत्तिको विषय पनि होइन । जहाँसम्म फोटोहरु नै अश्लिल बनाएर पोष्ट गराइएको छ, त्यो सत्य होइन । यसलाई फोटोसप मार्फत बनाएर मुद्दाको अभियोजना गरिएको छ । पाठक तथा आम मित्रहरु अन्य यस्ता प्रकारका नाटक मञ्चन भए भने पनि सोही अनुसार बुभ्mन म अनुरोध गर्दछु । न्यायालयको काखमा गएको यो मुद्दा सामान्य तवरले हेर्दा मिडिया र सामाजिक सञ्जाल मार्फत फैसला नै गरे जस्तो गरी आउनुले न्यायीक छानविनलाई समेत प्रभावित गर्ने देखिन्छ । चितवनमा भएको ‘पुडासैनी काण्ड’ जस्तै प्रहरी छानविन र न्यायीक बन्दोवस्त भन्दा बाहिरबाट जसरी अतिरञ्जित गरियो ठिक त्यसैगरी यो घटनालाई प्रोपोगाण्डाका रुपमा अगाडि सारियो ।
मुद्दा केवल मुद्दाको हवला दिई अतिरञ्जित प्रचारले बढि महत्व पायो । जवकी मुद्दालाई ठोस प्रमाण लगाई सावित गराउने हिम्मत गर्नु पर्दथ्यो, नकी कसैको तेजोवध गर्ने हतियार जस्तै उपयोग गर्न होइन । अंशवण्डा मुद्दा जिल्ला हुँदै पुनरावेदन अदालतबाट अंशवण्डाको पक्षमा फैसला भई भदौ ९ गते १५ दिने सूचना टाँस भैसकेको अवस्थामा मात्र १४ दिने सिमित समयलाई सदुपयोग गर्ने रणनीति अनुसार यो प्रपञ्च रचियो । मलाई लाग्छ, छिट्टै हुने अंशवण्डाले यो सबै बिषय समाप्त हुने छ ।
मेरा विरुद्ध ज्यूरी बस्नेहरुलाई पनि यसले एउटा अध्याय समाप्त भएर गएपछि नयाँ योजना तिर लाग्न बाध्य पार्ने छ । अन्त्यमा विधिको शासन प्रति पूर्ण समर्पित रहँदै त्यस प्रकारको प्रपञ्चलाई चिरेर अगाडि बढ्ने प्रतिवद्धता आजको समय सम्मको धैर्यता हो । हाम्रो कमजोरी वा सामथ्र्य कमजोर भएर पनि होइन । प्रतिरोधको योजना २ दिनमै पनि तयार हुँदै गइरहेको थियो । तर स्थितिलाई थप भड्किन नदिनको लागि धैर्यता पनि अपनाइयो । थप मेरो तर्फबाट सबै शुभेच्छुकहरलाई यो अप्ठेरो परिस्थितिमा शुभेच्छा, चिन्ता र जुन हौसला दिनुभयो, म सबैलाई धन्यवाद व्यक्त गर्दछाँ । मुद्दाका नाममा दुःख दिनेहरुलाई साइवर क्राइम तथा गोपनीयताको हक सम्वन्धी संविधानले प्रदत्त गरेको अधिकार रक्षार्थ अगाडि बढ्दा सबैबाट थप सहयोग भएको छ। संकटको बेलामा साथ दिने सबैप्रति ह्यददेखी धन्यवाद दिन चाहन्छु। । सबै शुभेच्छुकूहरुलाई पुनः दोहा¥याउँछु। म आफ्नो दायित्वबाट कहिले अविचलित नहुने प्रण गर्दछु।
(१२ दिन कस्टडीमा बसेका गिरीकाे अात्मानुभूति)
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस