काठमाडौँ : बालबालिका देशका कर्णधार हुन् भन्ने कथन सधैँ सर्वमान्य रहेको छ । यी कर्णधारहरु जति सशक्त हुन्छन् त्यति नै मुलुक बलियो हुन्छ । हामीले ध्यानपूर्वक आफ्ना वरिपरिको सामाजिक परिवेश र बालबालिकाको अवस्था मनन गर्दा निराशाजनक परिस्थिति देख्न पाउँछौं । इँटाभट्टा, रोडा, बालुवा उद्योग, चिया पसल, खाजा घर, सवारीसाधन लगायतमा बालबालिकालाई श्रम गरिरहेको अझै भेट्टाउन सक्छौं । कयौं गलैंचा कारखानामा बालश्रम प्रयोग नगरिएका बोर्ड झुन्ड्याइए पनि अहोरात्र बालबालिका ऊन कात्नेदेखि गलैंचा निर्माणको काममा खटिएका भेटिन्छन् । छोराछोरी जन्माएर अलपत्र छाडिदिने केही अभिभावकको चरम गैरजिम्मेवारीपना, अर्को बिहे गर्ने प्रवृत्ति तथा साथीको लहैलहैमा कलिलै उमेरमा घरपरिवार छाड्ने बालबालिकाको गल्तीका कारण लाखौं बालबालिका बिचल्लीमा परेर पढ्ने, खेल्ने उमेरमा श्रम गरी बाँचिरहेका छन् ।
अझ दुःखद् अवस्था के छ भने नेपालका ३० प्रतिशत बालबालिका जोखिमयुक्त श्रममा जोतिइरहेका छन् । पछिल्लो पटक सार्वजनिक भएको सर्वेक्षण अनुसार देशमा कुल एक लाख चार हजार ७१४ बालबालिका श्रममा लागिरहेको पाइएकामा ३० प्रतिशत जोखिमयुक्त श्रम गरिरहेका छन् ।
बालश्रम न्यूनीकरण र उन्मूलन गर्न सरकारी गैरसरकारी विभिन्न निकाय सक्रिय छन् । दिगो विकास लक्ष्य (एसडीजी)ले सन् २०२५ सम्म बालश्रम निषेधित एवं निर्मूल पार्ने लक्ष्य लिए पनि उक्त तथ्यांकले सो लक्ष्यमा पुग्नु ठूलो चुनौती रहेको स्पष्ट पार्दछ । अहिले पनि विभिन्न उद्योग– व्यवसायमा जहाँ बालश्रम निषेधित छ त्यहाँ बालबालिका जोखिमयुक्त श्रम गर्न बाध्य छन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दोस्रो दस वर्षे बालश्रम निवारण सम्बन्धी राष्ट्रिय गुरुयोजना २०७४–२०८३ कार्यान्वयनमा ल्याएको सार्वजनिक भएको छ । उक्त गुरुयोजनाले नेपालबाट सबै प्रकारको बालश्रम पूर्णरुपमा निवारण गरी देशलाई बालश्रमरहित बनाउने उद्देश्य राखेको छ । गुरुयोजनाले वि.सं. २०७९ सम्ममा निकृष्ट र शोषणयुक्त बालश्रम निवारण गर्ने, यसका निम्ति आवश्यक नीति तथा कानुन पहिचान, संशोधन वा सुधार गर्ने र सार्वजनिक तथा सामाजिक संयन्त्र एवं संरचनाको संस्थागत क्षमता विकास गर्ने लक्ष्य लिएको छ ।
तर यो लक्ष्य पूरा गर्न सोचेजस्तो सजिलो भने पक्कै पनि छैन । अझै पनि घर छोडेर विभिन्न संकटमा पर्ने बालबालिकाको उद्धार गर्नुपर्ने अवस्थाको अन्त्य भएको छैन । दिनहुँ यस्ता घटनाहरु प्रकाशमा आइरहेका छन् । बालबालिका घरबाट भागेर आफ्नो जीवनसँग खेलवाड गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न अपरिहार्य भएको छ । यसका निम्ति भिभावकहरुलाई सचेत बनाउनुका साथै जसका कारण बालबालिका जोखिमपूर्ण श्रम गर्न बाध्य बनेका हुन् उनीहरुलाई कानुनी दायरामा ल्याउनेतर्पm समेत सोच्नुपर्ने आवश्यकता छ ।
केही स्थानीय सरकारले बालमैत्री गाउँ–नगर घोषणाको अभियान थाल्नु अवश्य नै प्रशंसनीय कदम हो । बलबालिकाको अधिकारलगायत उनीहरुको पालनपोषण तथा शिक्षाका सम्बन्धमा संघीय, प्रादेशिक र स्थानीय तहका सरकारहरुले विज्ञहरुको सुझाव सल्लाहमा योजना बनाई प्रभावकारी रुपमा कार्यान्वयन गरेमात्र बालश्रमलाई न्यूनीकरण वा उन्मूलन गर्न सकिने यथार्थलाई बुझ्नु पर्दछ । नेपाल भ्रमण वर्ष २०२० मा आउने विदेशी पर्यटकहरुले बालबालिकालाई श्रम र विशेषगरी जोखिमयुक्त श्रममा देखेपछि नेपालप्रति उनीहरुमा उत्पन्न हुने नकारात्मक धारणालाई दृष्टिगत गरेर पनि सरकारी निकायहरुले बालश्रम न्यूनीकरण गर्न अतिरिक्त तदारुकता अपनाउनुपर्ने देखिन्छ । अहिलेकै सामाजिक परिवेशमा बालश्रम न्यूनीकरण वा उन्मूलनको लक्ष्य पूरा गर्नु सजिलो छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस