लिस्बन-दोलखा, गौरीशङ्कर–७ का धनराज शेर्पा यतिबेला पोर्तुगलमा सङ्घर्ष गर्दै छन् । उनको यो सङ्घर्ष १० वर्षदेखि जारी छ । सङ्घर्षमा उनलाई पछुतो भने छैन ।
नेपालमा रहँदा गलैँचा उद्योगमा नोकरी गरेका शेर्पा युरोपको पोर्तुगलमा कामदारका रुपमा छिरेका थिए । तेत्तीस महिनाको नोकरीपछि उनमा साझेदारीमा रेष्टुरेन्ट चलाउने इच्छा जाग्यो । फलस्वरुप नोकरीबाट शेर्पा लगानीकर्ता बने । साझेदारीमा चलायएको रेष्टुरेन्टबाट आफ्नो सीप र जाँगरलाई थप बलियो बनाएर शेर्पाले आफ्नै एकल लगानीमा नयाँ रेष्टुरेन्ट सञ्चालनमा ल्याए ।
शेर्पाले ‘माउन्ट एभरेष्ट’का नामबाट लिस्बनको कनाईमा रेष्टुरेन्टको शुरुआत गरे जुन अहिलेसम्म पनि सञ्चालनमै छ । कामदारका रुपमा आएका शेर्पा अहिले मालिक बनेर नेपाली युवालाई रोजगारी दिन सक्ने भएका छन । उनि आफूलाई मालिक भन्न भने रुचाउदैनन् । “कामदारको रुपमा पोर्तुगल छिरे , परिश्रम गरेंँ, रेष्टुरेन्ट खोल्न सक्ने भएँ”, शेर्पाले भने , ‘गर्न नसक्ने भन्ने केही छैन । इच्छा र तत्परता भयो भने सबै सम्भव छ ।’
कामदारबाट मालिक बन्छु भन्ने कल्पनासम्म न्सगरेका शेर्पा आफ्नो प्रगतिको श्रेय पोर्तुगललाई दिन्छन । ‘मलाई पोर्तुगल आएकोमा कुनै पछुतो छैन’ , शेर्पाले भने , ‘मलाई सिप र क्षमता विकासमा पोर्तुगलले सिकाएको छ ।’ कर्ममा विश्वास राख्दा सफल हुने उदाहरणको पात्र बने का शेर्पा पछिल्लो समय दलाललाई मोटो रकम बुझाएर पोर्तुगल छिर्ने नेपाली युवालाई सीप सिकेर आउन सल्लाह दिन्छन ।
‘लगनशील बन्ने हो भने सपनाको शहरको उपमा पाएको पोर्तुगलबाट मालामाल बन्न समय लाग्दैन’, उनले भने , ‘काम गर्नुस्, भविष्य आफैंँ बन्छ ।’
सगरमाथा आज विश्वभर परिचित छ । सगरमाथाको नाम नसुन्ने विदेशी विरलै भेटिन्छन् । परदेशमा यसैको नामबाट रेष्टुरेन्ट चलाउँदा गर्वले छाती फुलेको शेर्पाको तर्क छ । ‘नेपाल, भारत, चीन, बङ्गलादेश, ब्राजिललगायत अफ्रिकाका विभिन्न मुलुकका आप्रवासीहरुको गन्तवय पोर्तुगल बनेको छ’, शेर्पाले भने , ‘विभिन्न देशका नागरिकमाझ नेपाली खाना र नेपाल चिनाएको छु । यसैमा रमाएको छु ।’
शेर्पाका अनुसार एभरेष्टमा कोदोको ढिंँडो, भटमास, गुन्द्रुकलगायत नेपाली परिकारलाई बढी प्राथमिकता दिइएको छ । नेपाली खाना खानका लागि रोजगारीको सिलसिलामा पोर्तुगल आएका नेपालीसँगै भारत, बङ्गलादेशलगायत अन्य मुलुकका आप्रवासीको आफ्नो रेष्टुरेन्टमा भीड लाग्ने गरेको व्यवसायी शेर्पाको भनाइ छ ।
व्यवसायी शेर्पा सामाजिक काममा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । व्यवसायसँगै सामाजिक कर्ममा रुचि राख्ने उनले दुःखमा परेका नेपालीलाई सहयोग गर्दै आएका छन । ‘समयमा जागिर नपाउने र साथमा पैसा नहुने नेपाली दाजुभाइलाई सकेको सहयोग गर्छु ‘, उनी भन्छन , ‘परदेशमा सानो सहयोग पनि हामी नेपालीका लागि ठूलो हुन्छ ।’ नेपाली नेपालीबीच एकताको आवश्यकता रहेको उनको धारणा छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस