हरेक नेपालीले कोरिया भन्ने वित्तिकै धेरै पैसा कमाइ हुने ठाउँ भन्ने सोच्छन् । कोरिया पैसै पैसाले भरिएको देश हो जहाँबाट जति पैसा झिक्न पनि पाइन्छ भन्ने सोच्छन् । तर कोरिया सोचे जति सहज छैन र पैसा भने जति सजिलै टिप्न पनि सकिदैन । मानिसहरुको कोरिया सपनाको अर्को पाटो पनि छ जुन अत्यन्तै काहाली लाग्दो छ । कैयौँ नेपालीहरुको कोरियन सपना कफिन भित्र सजिएर नेपाल फर्किन्छ |
तथ्याङ्कका अनुसार सन् २००९ बाट सन् २०१८ सम्ममा १४३ जना नेपालीहरुले कोरियाली भुमीमा आफ्नो जिन्दगी अर्पण गरेका छन् | जसमा ४३ जनाले आत्महत्या गरेका छन् । यी सबै मृत्युहरु कोरियाको इ—९ नन प्रोफेसनल श्रम भिसा अन्तरगत उद्योग तथा कृषिमा काम गर्नेहरुको रहेको पाइएको छ । यति धेरै मृत्युका घटनाहरु हुँदा पनि कोरिया सरकारले कुनै कारण पत्ता लगाउन सकेको छैन ।
योनसे विश्वविद्यालयका समाजशाश्त्र विभागका प्राचार्य सियो सिनयोङ्गका अनुसार नेपालबाट कोरियामा श्रम स्वीकृति लिएर काम गर्न जानेहरु अन्य देशमा भन्दा बढी नै पढेलेखेका छन् । तर उनीहरुको परिवारले उनीहरु सँग गरेको उच्च अपेक्षा तथा कोरियामा आएर गर्नुपर्ने तल्लो स्तरको काम र कामका कारण हुने मानसिक तनाव मृत्यूका प्रमुख कारक हुन सक्ने बताएका छन् ।
कोरियाली सरकार यहाँको बढ्दो विदेशी श्रमिकहरुको मृत्यु प्रति सचेत रहेको तथा यसको समाधानका लागी विभिन्न प्रयासहरु गरिरहेको पनि अधिकारीहरुले बताएका छन् । अध्ययनका अनुसार हाल कोरियामा २४ लाख भन्दा बढी आप्रवासी कामदारहरु रहेका छन् र यो संख्या विगत १० बर्षको भन्दा दोब्बर हो । आप्रवासी कामदारहरु बिना कोरियाका स्थानिय कृषि फार्महरु अर्थहीन रहन्छन् ।
कोरीयाली श्रमिकहरुको हक तथा अधिकार सम्बन्धि काम गर्ने मानवअधिकारकर्मीहरुले नेपाली श्रमिकहरुमा मृत्युदर बढी हुनुमा विभिन्न तत्वहरुको महत्वपूर्ण भुमिका रहेको बताएका छन् । १ सय ४१ नेपाली श्रमिकहरुमा गरिएको एक अध्ययन अनुसार निम्न कारणहरु नेपाली श्रमिकले आत्महत्याका निम्ति जिम्मेवार रहेको देखिएको छ ।
१) ठूला सपना ठूलै निराशा
नेपालीहरु कोरिया आउदा ठूला सपना बोकेर आउने तर कोरियामा आएपछि अत्यन्त तल्लो स्तरको काम गर्नुपर्ने र सोचे जस्तो जिवनशैली विताउन नसकिने कारण उनीहरुमा नैराश्यता छाउने देखिएको छ । नेपालमा रहँदा आफूहरु प्रति महिना करिव ३ लाख कमाइ हुने मात्र सोच्ने तर यहाँ आए पछि करिव १२ घण्टा विना आराम काम गर्नु पर्दा पिडा हुने गरेको पनि उनिहरुले बताए
२) समय अघि कोरिया छोड्न नपाइने
कोरियामा आए पछि समयसिमा अगाडि नेपाल फर्किन नपाइने भएकाले पनि उनिहरु निराश भएर आत्महत्या गर्ने गरेको पाइएको छ । सहमति अनुसार कोरिया भित्रै कम्पनि परिवर्तन गर्न पाइने तर देश छोड्न नपाइने भएका कारणले उनीहरुले आत्महत्या गर्ने गरेको पाइएको छ ।
३) कठोर श्रम
कोरियामा आप्रवासीहरुले गर्ने कठोर काम पनि उनीहरुलाई आत्महत्यामा प्रोत्साहन गर्ने प्रमुख कारकको रुपमा पाइएको छ । करिव १२ घण्टा विना आराम गरिने काम उनीहरुलाई मानसिक तनाव दिने प्रमुख कारक रहेको पाइएको छ ।
४) सम्बन्धमा आउने चिसोपना
आफूहरु काममा आउदा नेपालमा रहेका परिवार तथा साथि सङ्गिहरु सँगको सम्बन्धमा आउने चिसोपना का कारण उनीहरुमा डिप्रेशन छाउने र सोही कारण उनीहरु आत्महत्या जस्तो गहन निर्णय लिन बाध्य हुने गरेको पनि खोजमा पाइएको छ ।
माथि उल्लेखित बाहेक अन्य विविध कारणहरु प्नि कोरियामा आप्रवासी कामदारहरुको मृत्यूका कारक रहेको भन्दै समयमै यो समस्या समाधान गर्न पहल नगरिएमा कोरियाको श्रम छवी नै धमिलिने तथा कोरिया श्रमीकका निम्ति सुरक्षित कर्मथलो नहुने चेतावनी पनि अध्ययनले दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस