दक्षिण कोरियाको इतिहासलाई पल्टाएर हेर्दा यहाँको अर्थतन्त्रसँग जोडिएका विभिन्न तथ्यहरु छन् । चाहे युद्धग्रस्त गरिविबाट माथि उक्लिएर उत्पादन क्षेत्रको सुपरस्टार होस् या त द्रुत आर्थिक छलाङ नै किन नहोस्, कोरियाको आर्थिक इतिहास एउटा गहन अध्ययनको विषय बनेको छ । यो तथ्यलाई आत्मसाथ गर्नुको साट्टो कोरिया हाल अस्थिर अर्थतन्त्र तर्फ उन्मुख भइरहेको छ । यसको प्रमुख कारक कोरियाको घट्दो जनसंख्या हो । यहाँको जनसंख्यामा आएको ह्रास कोरियाको उक्लदो अर्थतन्त्रलाई बुढो बनाउने प्रमुख कारक हुन् ।
यता विश्व अर्थतन्त्रलाई गहिरिएर नियाल्ने हो भने अर्थतन्त्रलाई माथि उकास्न आप्रवासि कामदारहरुको पनि ठूलो भुमिका रहेको छ । आप्रवासी कामदारहरुको जनसंख्या विश्वभरमा करिव ३ प्रतिशत रहेको छ तर उक्त जनसंख्याको कुल गाह्रस्थ उत्पादनमा करिव ९ प्रतिशत योगदान रहेको छ ।
श्रमिकहरुले आफ्नो तलवको आधा भन्दा बढी पेन्सन खर्चमा राख्ने हुदा सो नतिजा आएको हो । एक अध्ययनका अनुसार यदि अमेरिकामा आप्रवासी कामदार हुदैन थिए भने सन् १९९० बाट २०१४ को अवधिमा अमेरिकाको आर्थिक बृद्धि करिव १५ प्रतिशतले कम हुने थियो ।
हाल दक्षिण कोरियाले पनि आप्रवासी कामदारको महत्व बुझ्न थालेको छ । सन् १९९० बाट उसले आप्रवासी कामदारहरुको प्रयोग गर्न थालेको हो । कम सिप भएका आप्रवासी कामदारहरुलाई निर्माण, कृषि तथा उद्योगहरुमा लगाएर सरकारले स्थानियलाई कम उमेरमा नै अवकास दिन थालेको छ ।
सन् २०१६ को तथ्यांकलाई मात्र हेर्ने हो भने कोरियामा करिव दश लाख आप्रवासी कामदारहरु छन् जसलाई इपिएस कार्यक्रम अन्तरगत कोरियामा ल्याइएको हो । यस कार्यक्रम अन्तरगत ल्याइएका कामदारहरुलाई दोश्रो दर्जाका नागरिकहरुको संज्ञा दिइन्छ र उनीहरुलाई खतराजन्य स्थानहरुमा काम गर्न लगाइन्छ । त्यति मात्र नभएर उनीहरु स्थायी रुपमा कोरिया बस्न पाउदैनन् भने उनीहरुले कोरियामा आफ्नो परिवार ल्याउन पनि पाउदैनन् ।
ईपीएस अन्तरगत आउने आप्रवासी कामदारहरु प्राय विकाशील देशहरुवाट हुने गरेका छन् । बङ्गलादेश, कम्बोडिया, पाकिस्तान आदि उसका कामदार ल्याउने प्रमुख गन्तव्यहरु हुन् । यस प्रकृयाबाट कोरिया आउने कामदारहरु ४ बर्ष १० महिना मात्र कोरिया बसेर काम गर्दछन् । त्यसपछि उनीहरु स्वतः कोरिया बस्न अयोग्य हुन्छन् । त्यति मात्र हैन, उनीहरुले पाउने तलव सुविधामा पनि व्यापक शोषण रहेको छ । स्थानीय कामदारहरुले पाउने न्युनतम पारिश्रमिक भन्दा पनि कम रकम उनीहरुलाई दिइन्छ । उपदान खर्च पनि आफ्नो देशमा फर्कने बेला मात्र पाइन्छ । यति मात्र कहाँ हो र, कामदारलाई गरिने निम्न स्तरको व्यवाहार र गाली गलौज त यहाका परम्परा नै हुन् ।
दक्षिण कोरियालाई उसको श्रम नितिलाई लिएर अन्तराष्ट्रिय समुदायबाट थुप्रै आलोचनाहरु आउने गरेका छन् तर गाली गलौज तथा वर्ग विभेदलाई कोरियामा अबैधानिक मानिदैन । यस सम्बन्धि कानुन बनाउन मस्यौदा संसदमा पेश गरेता पनि सन् २००७ बाट यो मुद्दा विचाराधिन मै अड्किएको छ ।
एका तर्फ कोरियामा आन्तरिक कामदारहरुको संख्या घट्दै गइरहेको छ, अर्को तर्फ आप्रवासी कामदारहरुको विरुद्धमा आवाज पनि उठिरहेको छ । कोरियाको आप्रवासी कामदार नीतिको विरोध गर्नेहरुले कोरियाको श्रोत र साधन आप्रवासी कामदारहरुले प्रयोग गर्ने गरि सर्वसुलभ नरहेको प्रतिकृया दिएका छन् ।
एक अध्ययनले देखाए अनुसार सन् २०६० सम्ममा त्यहाँको जनसंख्यालाई व्यवस्थित बनाउन कोरियामा करिव एक करोड ५० लाख आप्रवासी कामदारहरुको आवश्यकता हुने छ । अध्ययनका अनुसार सन् २०६५ को अन्त्यसम्ममा कोरियामा करिव ४० प्रतिशत जनसंख्या ६५ बर्ष माथिका मानिसहरुको हुने छ जो आर्थिक समृद्धिका हिसावले ज्यादै निराशाजनक जनसंख्या हो ।
यस परिस्थितिमा कोरियाको स्थायी श्रम समस्याको समाधान भनेको आप्रवासी कामदार नै हो । आप्रवासी कामदारहरुले कोरियाको श्रम क्षेत्रमा मात्र नभइ सिङ्गो जनसाङ्ख्यीकीमा नै सकारात्मक प्रभाव पार्ने भएकाले कोरियन सरकारले त्यहाँको श्रम नीतिलाई परिवर्तन गरि आप्रवासी कामदारहरुलाई पनि प्रथम दर्जाको नागरिक सरह हैसियत प्रदान गर्नुपर्दछ । यदि यसो गर्न सकेमा कोरियाको आर्थिक समृद्धिको यात्रामा कहिल्यै पूर्णविराम लाग्ने छैन अन्यथा अबको केहि समयमा कोरियामा कामदारहरुको ठूलो खडेरी लाग्ने कुरामा कुनै सन्देह छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस