सोह्रौं शताब्दीतिरका मल्लकालीन राजा महीन्द्र मल्ल दयालु र धार्मिक स्वभाबका थिए।उनको पालामा राज्यका कोहि जनता भोकानाङ्गा बस्नु पर्दैनथ्यो।उनी दरबारको अग्लो ठांऊबाट जनताको झुपडीमा कहाँ चुल्हो बल्यो कता बलेन धुवाँ आएको नआएको हेर्ने गर्दथे अनि धुवाँ नआएको ठाउँमा जनता भोको होला के होला भनेर सैनिकहरूलाई बुझ्न पठाउने गर्दथ्यो।यसकारण ईतिहांसले सधैं उनलाई ‘प्रजाले खाएपछि खाने राजा’को रूपमा सम्झिरहन्छ | कालान्तरमा समय घर्कियो, शासक फेरिए । राज्य संचालनका तौर तारिक बदलिए | कसले पहिले खाने ? भन्ने प्राथमिकता बदलियो | आफुले खाई मोटाएर बांकी समय गोहिको आंशु चुहाउदै जनताले के खायो होला भन्ने खालको शासकहरूको राज्य सत्तामा हालिमुहाली हुने क्रम जारी छ।
बिषम परिस्थितीहरूमा उत्पन्न हुने अभाबहरूले राज्य सत्तामा बसेका शासकहरू उनका आसेपासे र सभ्रान्त बर्गलाई छुंदै छुंदैन।मानौ अभाब भन्ने उनीहरूको शब्दकोशमै हुंदैन।
सन्दर्भतिर जाऔं,अहिले कोरोना भाईरसबाट बिश्व जगत आक्रान्त र आतंकित छ।मृत्युदरको अबस्था बढ्दो छ।हजारौंले ज्यान गुमाउदै छन्।संक्रमण दर दिन दुईगुना रात चौगुना बढ्दो छ।यसबाट नेपालमात्र जोगिने कुरा पनि रहेन। यस्तो समयमा सरकारले गरेको लकडाउन समय सान्दर्भिक र स्वागतयोग्य नै छ।
तर दैनिक ज्यालादारी गरि गुजारा चलाउने रिक्सा चालक,भरिया,मजदुर जस्ता गरिब निमुखा जनताहरूको समस्यालाई सरकारले सम्बोधन गर्नुपर्छ कि पर्दैन?!जनताप्रति उत्तरदायी हुनुपर्छ कि पर्दैन?!उसै त नेपाल गरिबीको रेखामुनि रहेको देश हो।
उदाहरणको लागि बिश्वका अन्य मुलुकहरूमा हेरौं,त्यहा सरकारले आफ्नो जनताहरूलाई मार नपरोस् भनेर घरघरमा खाध्यन्न अनि चेकहरू र बिभिन्न राहतहरू बांड्न थालेको मिडियाहरूमा आउन थालेको छ।
हाम्रोमा भने लकडाउनको केहि दिनभित्रै यसको असर देखिन थालेको छ।निश्चित अबधिको लागि मात्र खुल्ने बजारमा हरिया साग सब्जी र दैनिक उपभोग्य सामाग्रीहरूको अभाब देखिन थालेको छ। किन्न पाईहाले तापनि दैनिक मजदुरी र ज्यालादारीमा काम गर्ने गरिब निमुखा जनताहरूको आम्दानी ठप्प छ र किन्न सक्ने सामर्थ्य छैन।
सानोमा स्कुलको कुनै कक्षागत पाठ्यक्रममा एउटा मन छुने जापानी लोककथा पढेको थिएँ । कथा अनुसार नयाँ बर्षको अघिल्लो दिन एक जना गरीब तर सफा मनको दाउरे बृध्द दाउरा बेच्न बजार जान्छ तर दिनभर बजार डुले पनि ग्राहक नपाएपछि निरास भै घर फर्किन लाग्दा टोपी नबिकेको टोपी ब्यापारीसंग भेट हुन्छ अनि टोपीसंग दाउराको भारी साटि फर्किन्छ।
घर फर्किरंहदा बाटोमा हिँऊले टाउको छोपेका जिजोउसमाका (जापानी धर्मको देबी देवता) मूर्तिहरू देख्छन् र बिचराहरूलाई चिसो लाग्छ भनेर हिंऊ पुछेर दाउरासंग साटेको टोपी लगाई दिएर घर फर्किन्छ।
घरमा आई श्रीमतीसंग दिनभरको घटनाहरू सुनाई साधरण खाना खाई सुत्ने तरखरमा हुन्छन्। मध्यरातमा घर बाहिर अनौठो आवाज निस्किएपछि बृध्द दम्पति के रहेछ भनि हेर्न निस्किदा ढोका छेऊमै माछा मासु,फलफूल तरकारी लगायत बिभिन्न खाध्यबस्तुहरूको थुप्रो संगै परपर अधेंरोमा दिऊसो टोपी लगाईदिएका ती जिजोउसमाका मूर्तिहरू लस्करै फर्किरहेका देख्दछन्। खाद्यान्न हरूलाई नयाँ बर्षको उपहार सम्झेर फर्किरहेका ती मूर्तीहरूलाई ती जोडीले परैबाट ढोगेर कृतज्ञ प्रकट गर्दछन्।
यो प्रसँग यहाँ किन जोडें भने सरकारले बेलैमा दैनिक मजदुरी गरेर जीबिकोपार्जन चलाईरहेको तमाम निम्न वर्गका जनताहरुको समस्या पहिचान गरि समाधान गर्न ढिलाई गरे चामत्कारिक ढंगले कुनै न कुनै रूप या अवतारमा राजा महीन्द्र मल्ल र ती जिजोउसमाका मूर्तिहरू आएर गरिब निमुखा जनताहरूको उद्दार गर्नुपर्ने हुन्छ या त कोरोना भाईरसले भाईरस लाग्नुभन्दा अगाडि नै भोक भोकै जनता मर्न तयार हुनुपर्दछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस