बि.स. १९२० मा छिमेकि मुलुक चीनबाट तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणालाई उपहार स्वरूप प्राप्त भएको चियाको दाना बीउ ईलाम जिल्लाको तत्कालीन बडाहाकिम कर्णेल गजराजसिंह थापालाई ईलाम जिल्लाको चिया कमानमा रोपण गर्ने आदेश दिएर नेपालमा पहिलो पटक चिया रोपण भएको थियो ।
चिया संसार भरिका मानिसले सेवन गर्ने कफी जस्तै सम्मानित पेयपदार्थ हो । झापाको रंगियाडाडामा व्यवशायिक उत्पादन गर्ने उद्देश्यले स्थापित बुद्धकरण एण्ड सन्स टी कम्पनि लिमिटेड नेपालकै पहिलो निजी क्षेत्रबाट स्थापित टी स्टेट हो। बि.स. १९२०मा नै नेपालमा चिया रोपणको सुरुवात भए पनि ब्यावसायिक उत्पादन हुन नसकेपछि तत्कालीन नेपाल सरकारले नेपालमा व्यवशायिक रुपमा चिया रोपण गरि नेपाली चियालाई औधोगिकरणको बिकास गराउनको लागि बि.स.२०२३ सालमा नेपाल चिया विकास निगम लिमिटेडको स्थापना गरि हालको प्रदेश नं १ क्षेत्रको झापा, ईलाम, पाँचथर ,धनकुटा, तेरहथुम, लगायतका जिल्लाहरुमा चिया सम्बन्धित प्राबिधिक सेवा प्रदान गर्नुका साथै बि.स.२०२४ सालमा स्थापित कृषि बिकास बैंकसंग समन्वयन गरेर आबश्यक ॠण सुबिधा समेत प्रदान गर्दै सुरु भएको नेपालको चिया खेती हालसम्म करिब तीस हजार हेक्टरमा रोपण भई लाखौ मजदुर किसानाहरुलाई रोजगारी प्रदान गर्दै बार्षिक पांच, छ अरब रकम बराबरको आम्दानी दिने औधोगीकरणको रुप ग्रहण गरिसकेको छ ।नेपाली चिया क्षेत्रले प्रतक्ष्य अप्रतक्ष्य रुपमा दशौँ लाख नेपाली जनतालाई रोजीरोटीको आधार निर्माण गर्दै बार्षिक खरबौ मूल्य बराबरको चिया निर्यात गरेर आयातमा परनिर्भर नेपाललाई आत्मनिर्भर र स्वलम्वनको मार्गमा डोर्याउने अथाह सम्भाबना बोकेको छ।
नेपाल चिया बिकास निगमले व्यावसायिक रुपमा चिया उत्पादन गर्न टोकला चिया कमान, बर्ने चिया कमान, सोक्तिम चिया कमान, बारदर्शी चिया कमान, चिलिमकोट चिया कमान , कन्याम चिया कमान र ईलाम चिया कमान समेत सात वटा चिया कमानाहरु संचालनमा ल्यायो।ठुल्ठुला चिया बगानाहुरु मात्र संचालन गरिरहंदा किसान स्तरमा चिया खेतीको बिकास नहुने भएकोले आ. ब. ०३५।०३६ सालदेखि आ.बा. ०४१/०४२ को समय अवधिमा ‘आउट ग्रोअर्स टी स्किम’ प्रणालीबाट कृषक स्तरमा चिया खेतीको बिस्तार र बिकास गराउनका लागि नेपाल चिया बिकास निगम लि. अन्तर्गत नै १)चिया बिस्तार योजना फिकल ,ईलाम २) चिया बिस्तार योजना मंगलबारे,ईलाम ३) चिया बिस्तार योजना हिले, धनकुटा४) चिया बिस्तार योजना चिलिङदेन पाँचथर ५)चिया बिस्तार योजना सोलमा, तेह्रथुम ६)चिया बिस्तार योजना जसबीरे ,ईलाम समेत छ स्थानमा चिया बिस्तार योजनाहरु स्थापना गरि चिया खेतीको बिस्तार र बिकास गराउन चिया सम्बन्धी प्राबिधिक सेवा र कृषि बिकास बैंकबाट ॠण सुबिधा समेत प्रदान गराउदै किसानको जग्गा र क्षमता अनुसार ‘आउट ग्रोअर्स टी स्किम’ प्रणालीमा व्यापकरुपमा चिया खेती बिस्तार गर्न थालियो।
त्यसैको फलस्वरूप नेपाल भरिका खेती योग्य ठाँउहरुमा चिया खेतीको सम्भाव्यता अध्यन गरि उपयुक्तत जग्गाहरुमा नेपालभरिका किसानहरुलाई ब्याबशायिक चिया खेती तर्फ अभिप्रेरित गराउन चिया तथा कफी सम्बन्धी आबश्यक राष्ट्रीय चिया तथा कफी नीति-नियमहरु बनाएर लागु गर्न गराउनका साथै आयातमा परनिर्भर नेपाली जनतालाई विश्व भरि चिया, कफी निर्यातको माध्यम बाट सम्बृद्धीको मार्गमा डोर्याउने गहन राष्ट्रीय जिम्मेवारीका साथ बि.स.२०४९सालको मंत्री परिषदको निर्णय अनुसार बि.स.२०५० सालमा ‘राष्ट्रीय चिया तथा कफी बिकास बोर्ड ‘ को स्थापना भयो।बि.स. २०५७ सालमा नेपाल चिया बिकास निगम लिमिटेड अन्तर्गतका सात वटा ठुला चिया बगानहरू निजीकरण भई त्रिवेणी ग्रुप व्यापारिक समुहबाट संचालन हुन् थालेपछि नेपालको चिया तथा कफी सम्बन्धी नीति निर्माण गर्ने र चिया सम्बन्धी अध्यन,अनुसन्धान गर्दै बजारीकारण,प्राबिधिक सेवा टेवा प्रदान गर्दै सरोकारवाला पक्षहरुलाई समन्वयन र सहजीकरण गर्ने सरकारी निकायको रुपमा कृषि तथा सहकारी मन्त्रालय मातहतको राष्ट्रीय चिया तथा कफी बिकास बोर्ड गहन जिम्मेवारीका साथ क्रियासिल रहँदै आएको छ ।
नेपालमा आन्तरीक खपत समेत करिब अर्थोडक्स ६० देखि ७० लाख के.जी . तयारी चिया र २ करोड के.जी सि.टि.सि.चिया समेत बार्षिक कुल दुई करोड साठीदेखी सत्तरी लाख के.जी. तयारी चिया अर्थात तेह्र करोडदेखि तेह्र करोड पचास लाख के.जी. हरियो चिया पति उत्पादन हुदै आएको देखिन्छ ।
कोरोना भाईरस महामारी रोगबाट सुरक्षित रहनको लागि सरकारले लगाएको लाकाडाउनको समस्याले नेपालको सम्पूर्ण औधोगीक र आर्थिक क्षेत्रहरु धरासयी हुने अवस्था उत्पन्न हुदा चियाको औधोगिक क्षेत्र पनि नराम्रोसंग प्रभावित हुन् पुग्यो।पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया उधोगहरु स्थानीय निकाय र संबन्धित चिया सरोकारवाला पक्षहरु बिचमा अलि छिटै आबश्यक समन्वयन भएकोले त्यति ठुलो क्षति व्यहोर्नु परे पनि सि.टि.सि. चिया उत्पादन हुने झापा जिल्लामा मात्र यस सिजनको करिब ७०-८० लाख के.जी. सबै भन्दा बढी पहिलो सिजनको गुणस्तरीय हरियो चिया पति टिप्न नपाएर खेर जानुका साथै चिया बगानमा कार्यरत करिब ४०-५० हजार चिया मजदुरहरुमा भोकमरीको समस्या उत्पन्न हुनपुग्यो ।यसको साथै चिया क्षेत्र संचालन नहुदा हजारौ चिया किशानको हरियो चिया पति खेर जानुका साथै राष्ट्रीय उत्पादनमा समेत नकारात्मक समस्या उत्पन्न भएको हुँदा मिति २०७७।१।४ गते जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानामगरको अध्यक्षतामा बसेको चिया सरोकारवालाहरुको बैठकले राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड क्षेत्रीय कार्यालय झापाको संयोजकत्वमा चिया संग सम्बन्धित सरोकारवाला पक्षहरु सम्मिलित चिया क्षेत्र अनुगमन कार्यदल गठन भई काममा लगाउने रोजगारदाता चिया बगान ,चिया प्रशोधन कारखाना, टी स्टेट कम्पनीहरुले आ-आफ्ना कामदार श्रमिकहरुलाई माक्स,साबुन पानी, सेनिटाईजर, सामाजिक दूरी कायम गर्ने ,गराउने लगायतका आधारभूत सुरक्षा मापदण्डहरु अबलम्बन गरेर चिया क्षेत्र संचालन गर्ने निर्णय भएको छ।
चिया क्षेत्र अनुगमन कार्यदलको कार्यभार बहन गर्दै अनुगमन निरीक्षण गर्दा झापा जिल्लाका बाहुनडागी , मेचीनगर, ईटाभट्टा, भद्रपुर ,महेशपुर,हल्दिबारी ,पथरभिटा,बिर्तामोड, झापा गाउँपालिका लगायतका सबैजसो क्षेत्रमा कोरोना भाईरस संक्रमण बाट बच्नका लागी अपनाउनु पर्ने सुरक्षमापदण्ड अबलम्बन गरेको र भारतीय सिमाना संग जोडिएका क्षेत्रमा संचालित चिया बगान, टी स्टेट प्रा.लि.हरु र चिया प्रसोधन उधोग लगायतका केही संबेदनसील ठाऊहरुमा तोकिएको सुरक्षा मापदण्ड थप कडाईका साथ पालना गर्न गराउनका लागि सचेत गराउने काम समेत गरिको अनुगमन समितिका संयोजक र राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड क्षेत्रीय कार्यालयका निमित्त क्षेत्रीय निर्देशक रामएकवाल यादबले जानकारी दिए । नेपालको कुल चिया उत्पादनको ७०-८० % अर्थात करिब दुई करोड के.जी. सी.टी.सि.तयारी चिया (दश करोड के.जी. हरियो पति ) चिया उत्पादन हुने झापा जिल्लाका ८०देखि ९०% चिया बगान र उधोगहरु संचालन भईरहेको चिया क्षेत्र अनुगमाग कार्यदलले जानकारी दिएको छ ।साथै कार्यदलले आबश्यकता अनुसार थप निगरानी, अनुगमन ,निरीक्षण गरिरहने समेत जनाएको छ |
कोरोना भाईरस महामारी रोग लाग्नबाट सुरक्षित रहनका लागि नेपाल सरकारले पटक पटक गरी महिनौ दिन लकडाउन घोषणा गरे पछी नेपालका सबै उधोग ,कलकारखानाहरु बन्द हुदा नेपालको आर्थिक अबस्था नै धरासायी बन्दै जाने अबस्थाको सिर्जना हुनुका साथै चिया क्षेत्रमा कार्यरत लाखौ मजदुर ,किसानहरु बेरोजगार हुनु , रोजगार दाताहरुले आफ्ना लाखौ मजदुरहरुलाई महिनौ सम्म पालन पोषण गरिरहनु पर्ने समस्याले गर्दा यस क्षेत्रमा प्रतक्ष्य रुपमा भोकमरीको समस्या उत्पन्न हुन् पुगेको र अर्को तर्फ नेपाली चिया उधोगको क्षेत्रको लागि अति गुणस्तरीय चिया उत्पादन हुने सिजनको करोडौ मूल्यको हरियो चिया पति खेर फाल्नु पर्ने लगायतका सम्पूर्ण जटिल समस्याहरुको सुरक्षित र समग्ररुपमा सम्बोधन गर्न आबश्यकता महसुस गरि जिल्ला प्रशासन कार्यालय झापाद्धारा गठित चिया क्षेत्र कार्यदलको सबै सरोकारवालाहरु संग गरेको समन्वयात्मक अनुगमन,निरिक्षण कार्यले गर्दा झापा जिल्लाका चिया बगान ,चिया प्रशोधन कारखाना, टि स्टेटहरु सुरक्षित तवरले संचालनको बाताबरण सिर्जना गर्न सकिएकोले कार्यदलको अनुगमन ,निरीक्षण उपलब्धिमुलक भएको कार्यदलका सदस्य दीपक तामाङ,सिता सापकोटा ,सही कुमार राई र १ नम्बर प्रदेश ईन्चार्ज भूपाल सापकोटाले जानकारी गराए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस