ईशापूर्व २७३७ को समयमा चीनका सम्राट सेन नुङ्ग जंगलमा शिकार खेल्न जाँदा पिउने तातोपानीमा संयोगवश एउटा रुखको पात परेर त्यो रुखको पातको झोल पिउँदा फरक स्वाद र स्फुर्ति दिएकोले त्यही बोटको पातलाई उमालेर पिउन थाले पछी उक्त प्रजातिको बनस्पतिलाई कालान्तरमा चिया नामाकराण भएको थियो। पहिले औषधीको रुपमा र पछी मानिसहरुलाई चिया पिउने बानिको बिकास भए संगै विभिन्न माध्यम बाट चिया संसारभरी फैलिएर परिचित र सम्मानित पेय पदार्थरुपमा स्थापित हुनपुग्यो।
विश्वका चिया उत्पादक देशहरु चीन, भारत ,श्रीलंका, केन्या, ईन्डोनेशिया, कम्बोडिया ,म्यान्मार , बंगालादेश, जापान लगायतका संसारका चालिस भन्दा बढी देशहरुले आ-आफ्नो देशको चियालाई पहिचान दिलाउनको लागि ट्रेडमार्क तयार गरी विश्व बजारमा बेचबिखन गर्दै आएका छन्। तर नेपाली चियाको भने हालसम्म आफ्नै ट्रेडमार्क नभएकै कारण मौलिक पहिचान स्थापित गर्न नसक्दा अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न कठिनाई भैरहेको थियो ।
डेनमार्क सरकारको सहयोगमा संचालित युएनएनटिआइ प्रोजेक्टको सहयोग र राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड,नेपाल सरकार, कृषि तथा पशुपन्छि बिकास मन्त्रालय र अर्थोडक्स चिया सरोकारवाला पक्षहरुको व्यापक अन्तरक्रियाबाट ‘नेपाली अर्थोडक्स चिया सटीफिकेशन ट्रेडमार्क कार्यान्वन निर्देशिका २०७४” तयार भए पनि कार्यान्वन हुन मात्र बाँकी थियो ।
यसै सन्दर्भमा असोज पहिलो हप्ता ईलामको फिक्कलमा राष्ट्रिय चिया तथा कफी बिकास बोर्डले आयोजना गरेको ट्रेडमार्क कार्यान्वयन कार्यक्रममा ईलाम,पांचथर,धनकुटा ,तेर्हथुम, संखुवासभा क्षेत्रका आबेदन दिने ४२ वटा प्रशोधन उधोगहरु मध्ये मापदण्ड पुगेका १२ वटा अर्थोडक्स चिया प्रशोधन उधोगहरुलाई माननीय कृषि तथा पशुपन्छी बिकास मन्त्री घनश्याम भूसालबाट नेपाली चियाको ट्रेडमार्क प्रयोग ईजाजत प्रमाणपत्र प्रदान गरि औपचारिकरुपमा “नेपाली अर्थोडक्स चिया सटीफिकेशन ट्रेडमार्क कार्यान्वन निर्देशिका २०७४” कार्यान्वनमा आएको छ।
यसपछि अन्तरराष्ट्रिय बजारमा नेपाली अर्थोडक्स चिया निर्यातको सम्भाबना बढेको छ । अबको दिनमा नेपाली चियाको ट्रेडमार्क लिन ईच्छुक चिया उत्पादक, प्रशोधनकर्ता , प्याकेजर्स , चिया निर्यातकर्ता लागयतका चिया सरोकारवालाहरुले राष्ट्रीय चिया तथा कफी बिकास बोर्ड मातहतका कार्यालयहरुमा सम्पर्क गरेर जानकारी लिन सक्ने छन्।
अर्थोडक्स चियाको ट्रेडमार्क कार्यान्वयनका फाईदाहरु
१- नेपाली अर्थोडक्स चियाको ट्रेडमार्क सम्बन्धी सम्पूर्ण अधिकार र जवाफदेहिताको जिम्मेवारी राष्ट्रीय चिया तथा कफी बिकास बोर्ड र नेपाल सरकारमा रहेको हुनाले आबश्यक मापदण्ड पुर्याउनेहरुलाई मात्र ईजाजत पत्र प्रदान गर्ने भएकोले अर्थोडक्स चियाको ट्रेडमार्क छाप लागेको नेपाली चिया प्रति स्वदेशी तथा बिदेशी उपभोक्ता बिश्वत र आकर्षित हुनेछन।
२-ट्रेडमार्कले अन्तराष्ट्रीय बजारमा नेपाली चियाको पहिचान स्थापित गर्न र निर्यात गर्न सहयोग पुग्नेछ।
३-नेपाली अर्थोडक्स चियाको ट्रेडमार्कले चिया किशान,प्रशोधनकर्ता,प्याकेजर्स,आयात ,निर्यातकर्ता लगायतका सम्पूर्ण सरोकारवाला पक्षहरु बीचमा गुणस्तरीय चिया उत्पादन गर्ने अभिप्रेरित गराउदै चिया ब्यबशायालाई ब्यबस्थित गर्ने प्रणालीको बिकास हुनेछ।
नेपाली अर्थोडक्स चियाको ट्रेडमार्क अनुगमन व्यवस्थापन तथा नियमन समिति बोर्डको कार्यकारी निर्देशकको संयोजकत्वमा नौ सदस्यीय तपसिल अनुसारको समिति रहनेछ
क) बोर्डको कार्यकारी निर्देशक-अध्यक्ष
ख) प्रतिनिधि ,हिमालयन अर्थोडक्स टी प्रोड्युसर्स एशोसिएशन- उपाध्यक्ष
ग) प्रतिनिधि ,कृषि बिकास मन्त्रालय- सदस्य
घ) प्रतिनिधि , खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग-सदस्य
ङ) प्रतिनिधि, केन्द्रीय चिया सहकारी संघ लि. नेपाल- सदस्य
च) प्रतिनिधि, स्पेसियालिटी टी एशोसियशन नेपाल-सदस्य
छ) गुणस्तर तथा चिया प्रबिधि सम्बन्धी व्याबशायी वा बिज्ञ-दुई जना सदस्य
ज) बोर्डको अधिकृत स्तरको कर्मचारी-सदस्य सचिव रहनेछन।
नेपालमा चिया खेतीको ईतिहास बि.स. १९२० (सन १८६३) मा छिमेकि मुलुक चीन बाट तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणालाई उपहार स्वरूप प्राप्त भएको चिया को दाना बीउ ईलाम जिल्लाको तत्कालिन बडाहाकिम कर्णेल गजराजसिंह थापालाई ईलाम जिल्लाको चिया कमानमा रोपण गर्ने आदेश दिएर नेपालमा पहिलो पटक चिया रोपण भएको थियो भन्ने ऐतिहासिक मान्यता स्थापित रहेको छ ।
अर्को तर्फ नेपाली चियाको जानकारहरु नेपालमा रोपिएको चिया चिनिया जात चियाको दानाबाट नै रोपिएको भए पनि ईलाम चिया कमान ढाक्नेगरीको शयौं क्वीन्टल चियाको गोटी तत्कालिन यातायात ढुवानीको असुविधा रहेको समयमा उपहारको रुपमा नेपाल ल्याएको नभई राणा साशाकहरूले दार्जीलिङ्गसंग जोडिएको ईलाम जिल्लालाई पनि दार्जीलिङ्ग जस्तै चियाको हरियालिले हराभरा बनाउने उदेश्यले पहिलो पटक चिया रोपण गराएको हुनसक्ने सम्भाबना रहेको भनाई समेत रहेको पाईन्छ ।
चीन बाट सरकारी स्तरमा उपहारको रुपमा चियाको बीउ प्राप्त भएको र राणा शासकहरुले चिया खेती सुरु गराएको प्रमाणित हुने आधिकारिक दस्ताबेजको अभाब रहेकोले नेपाल सरकारको पहलमा ईतिहासकार, नेपाली चियाका ऐतिहासिक व्यक्तित्वहरु, चिया बिज्ञ र चिया सरोकावालाहरु समेतको सहभागितामा ऐतिहासिक दस्ताबहरु खोजि गर्नुका साथै ऐतिहासिक ईलाम चिया कमानलाई चिया अनुसन्धान केन्द्र र संग्राहलयको रुपमा बिकास गरेर नेपाली चियाको ऐतिहासिकताको संरक्षण गर्ने तर्फ आबश्यक पहल गर्नु पर्ने देखिन्छ।
नेपाली चियालाई औधोगिक बिकास गराउनको लागि बि.स.२०२३ सालमा नेपाल चिया विकास निगम लिमिटेडको स्थापना गरि टोकला चिया कमान, बर्ने चिया कमान, सोक्तिम चिया कमान, बारदर्शी चिया कमान, चिलिमकोट चिया कमान , कन्याम चिया कमान र ईलाम चिया कमान समेत सात वटा चिया कमानाहरु संचालनमा ल्यायो ।
झापाको रंगियाडागामा बि.स.२०१६ सालमा नीजिस्तरको पहिलो बुद्धकरण टी स्टेटको स्थापना हुनका साथै बि.स.२०२४ सालमा स्थापित कृषि बिकास बैंकसंग समन्वयन गरेर आबश्यक ॠण सुबिधा समेत प्रदान गर्दै सुरु भएको नेपालको चिया खेती ठुल्ठुला चिया बगानाहुरु मात्र संचालन गरिरदा किसान स्तरमा चिया खेतीको बिकास नहुने भएकोले आ. ब. ०३५।०३६ सालदेखि आ.बा. ०४१।०४२ को समय अबधीमा “आउट ग्रोअर्स टी स्किम ” प्रणालीबाट कृषक स्तरमा चिया खेतीको बिस्तार र बिकास गराउनका लागि नेपाल चिया बिकास निगम लि. अन्तर्गत नै
१)चिया बिस्तार योजना फिकल ,ईलाम
२) चिया बिस्तार योजना मंगलबारे,ईलाम
३) चिया बिस्तार योजना हिले, धनकुटा
४) चिया बिस्तार योजना चिलिङदेन पाँचथर
५)चिया बिस्तार योजना सोलमा, तेह्रथुम
६)चिया बिस्तार योजना जसबीरे ,ईलाम स्थापना भएका थिए।
बि.स.२०३९ सालमा स्व. राजा बीरेन्द्र बीरबिक्रम शाहले झापा, ईलाम,पाँचथर,धनकुटा, तेरहथुम समेत पाँचवटा जिल्लाई नेपालको चिया क्षेत्र घोषणा गरेका थिए । आ.ब.०४५/०४६को तत्कालिन मन्त्री परिषद्को निर्णयबाट नेपाल चिया बिकास बोर्डको स्थापना पश्चात बि.स.२०४९ साल जेठ २० गते बोर्ड ऐन अन्तर्गत “राष्ट्रीय चिया तथा कफी बिकास बोर्ड ” को स्थापना भयो।बि.स. २०५७ सालमा नेपाल चिया बिकास निगम लिमिटेड अन्तर्गतका सात वटा ठुला चिया बगानहरू निजीकरण भई त्रिवेणी ग्रुपबाट संचालन हुनथाले पछि सरकारी निकायको सेवाप्रदायक निकायको रुपमा राष्ट्रीय चिया तथा कफी बिकास बोर्ड क्रियासिल रहँदै आएको छ ।
अर्थोडक्स चिया करिब साठीदेखि सत्तरी लाख के.जी. र तराईमा उत्पादित सि.टि.सि.चिया दुई करोड गरि आन्तरिक खपत समेत बार्षिक सरदर दुई करोड साठीदेखि सत्तरी लाख के.जी. भन्दा बढी तयारी चिया उत्पादन भई चियाले बार्षिक पाँच छ अरबको आर्थिक योगदान पुर्याउदै आएकोछ।
एकपटक रोपेपछि सयौ बर्षसम्म आम्दानि दिने चिया खेतीलाई चिया उत्पादन संगै एग्रो टी टुरिज्म प्रणालीको समेत बिकास गरेर लाखौ नेपालीका लागि रोजगार सिर्जना गर्दै खरबौको आर्थिक उपार्जनको माध्यम बनाउन सकिन्छ।
नेपाली चियाको लामो ईतिहासपछि अर्थोडक्स चियाको ट्रेडमार्क कार्यान्वयनले आन्तरिक तथा अन्तराष्ट्रिय बजारमा चियाको पहिचान स्थापित भई नेपाली चियाको माग बढ्ने र नेपालको चिया निर्यातको सम्भाबना बढेको छ।
अब सि. टी. सि. चियाको समेत ट्रेडमार्क निर्माण गरि मुख्य रुपमा भारतीय बजारमा आश्रित नेपाली चिया बिश्व बजारमा बिक्रि गर्न सकेमा अरबौ बिदेशी डलर आर्जन गर्न सकिने हुदा नेपाल सरकारले नेपाली चिया क्षेत्रको लागि बिशेष दुरदर्शी व्याबशायीक कार्ययोजना सहितको कार्यक्रमहरु ल्याउन जरुरी देखिन्छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस