बिचार विशेष-देशब्यापि रुपमा माओबादी पार्टी संगठन सुदृढीकरण सहित नेतृत्व निर्माणको अभियानमा छ । पार्टीको नयाँ बैचारिक दिशा र कार्यनीति तयार गर्न लामो समयपछि हुन लागेको महाधिवेशनसँगै धमाधम तल्ला तहका अधिवेशनमा केन्द्रित माओबादी पार्टीको दोश्रो कार्यकारी निकाय प्रदेश अधिबेसन सम्पन्न भई कमिटी चयन भएपनि पदाधिकारी चयनको सकसमा अल्झिएको छ माओबादी पार्टी !
यसै सेरोफेरोमा प्रदेश नं.१ को चर्चा गरौं । हुनत नेताहरुको वरिपरि घुम्ने र काम भन्दा गफ गरेर नेता हुने परिपाटीको बिकास भएको माओबादी पार्टीमा कति सफल होलान चर्चामा आएका क हर्क नेम्वाङ्ग मिक्सो जिल्लाबासिको नाता र चिनजानको आधारमा मात्र होईन वहाँको राजनीतिक निष्ठा,कार्यशैली,जनताका समस्यामा एकाकार हुने गुण र निरन्तरताका आधारमा एक उपयुक्त पात्र हुन भन्ने मेरो ठम्याई छ ।
क.मिक्सो- कसैको निगाहले मात्र अर्थ मन्त्रीको स्वकिय सचिवको जिम्मेवारीमा पुगेका होईन आफ्नै बैचारिक क्षमता र दक्षताले नै त्यहाँसम्म पुगेका हुन । यदि पावर सेन्टरका वरिपरि घुम्ने भए विगत देखि अन्यायमा पारिएका कार्यकर्ताको श्रेणिमा उनको नाम माथिल्लो लाईनमा पक्कै रहने थिएन । संगठन गर्ने र नेतृत्व दिने र भूँईतहबाट उठेका भूँई मान्छे हुन क.मिक्सो !
लेखक
जनयुध्दको भट्टीबाट खारिएको एउटा लडाकु कमाण्डर घाईते योध्दा,बैचारिक निष्ठामा खारिएको कार्यकर्ता,पाँचथर जस्तो ठाउँमा जनताको बीचमा रहेर पार्टीलाई कुसल नेतृत्व दिएको सिँगो प्रदेशको भूगोल र जनजीवन पढेको मान्छेको योग्यता त्यो पदमा पुग्दैन भने केवल नेताहरुको चाकरी,चाप्लुसि र पावर सेन्टरको पूजा नगर्ने बानी र पदलाई भन्दा कामलाई प्राथमिकता नदिएर चियापसल/भट्टी,चौतारामा गफ लगाउन र बैठकमा आफ्नो आत्मा प्रशंसा र घुर्कि धम्की देखाउन नसक्नु नै उसको कमजोरी हुनसक्छ !
हुनत:मेरो बिचारमा देख्नेहरुले स्वार्थको गन्ध देख्लान एउटा पार्टीको शुभचिन्तकको हैसियतले मेरो बिबेकको देखेको कुरा लेखेको हुँ । मैले अरु कमरेडहरु उपयूक्त छैनन भनेको होईन बाँकी कमरेडहरु र कार्यकर्ताकै बिबेकमा भर पर्नेछ !
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस